सागुरीगढीका जेष्ठ नागरिकलाई सम्मान
धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ९ र १० नं वडाका ९० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई आज एक कार्यक्रमको वीच सम्मान गरिएको छ ।
गाउँपालिकाले १०५ वर्षका रामशेर राई र ९३ वर्षका हाई वहादुर राईलाई मनमोहन जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सागुरीगढी गाउँपालिका प्रमुख कुमारजङ् याख्खाको प्रमुख आतिथ्य तथा ९ नं वडाध्यक्ष जीत वहादुर राइृको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच उनीहरुलाई क्रमश नगद १० हजार र ६ हजार सहित सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेको स्थानिय नगेन्द्र राईले जानकारी दिनुभयो ।
कार्यक्रममा १० नं वडाध्यक्ष एक वहादुर राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने गाउँपालिकाका सामाजिक विकास संयोजक वालकृष्ण राईले कार्यक्रमको वारेमा जानकारी गराउनुभएको थियो । सञ्चालन गाउँपालिकाका कर्मचारी गंगा खापुङले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रमुख ताथा प्रतिनीधिले मन्तव्य राखेका थिए ।


