चौंविसेस्थित जनकल्याणले मनायो ४९ औं वार्षिकोत्सव !
धनकुटा । धनकुटाको चौविसे गाउँपालिका ३ को श्री जनकल्याण आधारभूत विद्यालयले आज विभिन्न कार्यक्रम गर्दै आफ्नो ४९ औ वार्षिकोत्सव तथा २९ औ अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।
चौविसे गाउँपालिका प्रमुख खजिन्द्र राईको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र वहादुर लिम्वुको अध्यक्षतामा सञ्चालित वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी अधिकारीले विद्यालयको आर्थिक वर्ष २०७४/७५ को ४९ लाख वरावरको आर्थिक आय व्यय प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
वार्षिकोत्सव समारोहमा समाजसेवि सूर्य कुमारी चेम्जाङ्लाई अभिनन्दन गरिएको र विद्यालयका भूतपूर्व प्रधानाध्यापक मान वहादुर लिम्वुलाई विदाई समेत गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा आमन्त्री शिक्षकहरुलाई वौद्धिक ज्ञान परिक्षण, महिलाहरुलाई सियोले धागोमा फुल उन्ने,पुरुषहरुलाई वासको लिङ्मा चढेर त्यहाँ झुण्ड्याईएको भाले झार्ने खेल खेलाईएको थियो र विद्यार्थीहरुवीच अन्तर सदनात्मक नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो । समारोहमा विद्यालय निरिक्षक फाल्गुणी काफ्ले,चौविसे गाउँपालिकाका शिक्षा शाखा प्रमुख देवी श्रेष्ठ लगायत विभिन्न विद्यालयका शिक्षक,अभिभावकहरुको उपस्थिती थियो ।
स्वागत मन्तव्य शिक्षक थलमान लिम्वुले राख्नुभएको थियो भने सञ्चालन पदम प्रसाद दाहालले गर्नुभएको थियो ।


