धनकुटामा प्रदेश स्तरिय पूरुष भलिबल प्रतियोगिता हुने

धनकुटा खबर । धनकुटामा आगामी मंसिर ९ गते देखी १३ गते सम्म १ नम्वर प्रदेश स्तरिय पूरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमिले आयोजना गर्न लागेको प्रतियोगितामा १४ जिल्लाका १४ टिमको सहभागिता रहने अयोजक समितीका अध्यक्ष सागर थापाले जानकारी दिए ।

भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख ५१ हजार १ सय ११ रुपैया नगद सहित शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने छ । त्यस्तै क्रमश दोस्रो हुनेले १ लाख १ हजार १ सय ११ तेस्रो हुनेले ५१ हजार १ सय ११ र चौथोहुने टिमले २५ हजार १ सय ११ नगद सहित शिल्ड प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै व्यातिmगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडिले १० हजार नगद त्यस्तै वेष्ट सर्भवत,वेष्ट ब्लकर, वेष्ट स्पाइक, वेष्ट सेटर, वेष्ट डिफेन्डर र राइसिङ्ग प्लोयरले ५ हजार नगद प्राप्त गर्ने पत्रकार संमेलनमा जानकारी दिइएको थियो ।

यसै कार्यक्रममा प्रदेश न १ बाट अन्तराष्ट्रि भलिवल प्रतियोगितामा मुलुकको प्रतिनिधीत्व गर्ने ७ जना अन्तराट्रिय खेलाडी लाई सम्मान समेत गरीने जानकारी दिइएको थियो , खेलको उत्घाटन प्रदेश १ का सामाजीक विकास मन्त्री जीवन घिमिरेले गर्ने छन् भने समापन मुख्य मन्त्री शेरधन राईले गर्ने जानकारी आयोजकले दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।