धारिलो हतियार प्रहार गरी धनकुटाको हिलेमा एक व्यक्तिको हत्या
धनकुटा खबर । धनकुटा १ हिलेमा गएराती एक व्यक्ति को हत्या भएको छ ।
हिले पुच्छर छिन्ताङ जाने सडक साईडमा केही दिनदेखी लाग्दै आएको रमाईलो मेला परिसरमा सुनसरी ईटहरीका झण्डै ३५ वर्षका राम बावु चौधरीको हत्या गरिएको अवस्थामा आज विहान शव फेला परेको हिले प्रहरी चौकीका प्रमुख यदु खड्काले जानकारी दिनुभयो ।
उनको घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको वारेमा त्यही मेला लगाउदै आएका १५ जनालाई प्रहरीले सोधवुझ गरिरहेको उहाँले वताउनुभयो ।
घटनाको कारण वारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका एस पी सुरेन्द्र वहादुर गुरुङले जानकारी दिनुभयो ।



