विश्वकप प्रतियोगितामा कोरिया पहिलो, नेपाल पाँचौँ

स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका वडा नं ५ महापुर स्वरेक मैदानमा सञ्चालित प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगितामा आज भएको प्रतिस्पर्धामा कोरियाली खेलाडीले आफ्नो वर्चस्व जमाउन सफल भएका छन् ।

अन्य देशका खेलाडीलाई पछि पार्दै एकल र समूह गतका साथै महिला विधामा समेत कोरियाली खेलाडीले आज भएको खेलमा अग्रता लिँदै आफ्नो वर्चस्व जमाउन सफल भएका हुन् ।

एकलतर्फ १० अङ्क प्राप्त गरी कोरियाली खेलाडी स्यानग्यु लिम पहिलो भएका छन् भने कोरियाकै किम कि हियोन ११ अङ्क प्राप्त गरी दोस्रो भएका छन् । नेपालका युकेश गुरुङ २८ अङ्क प्राप्त गरी १०औँ स्थानमा पर्न सफल भएका छन् । समूहगत खेलमा समेत कोरियाली समूह गिनग्लाइडर्स र दभिन्ची पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

नेपाली समूह नेपाल एक तेस्रो स्थानमा रहेको छ । महिला विधामा समेत पहिलो दोस्रो र तेस्रो स्थानमा कोरियाली खेलाडी रहेका छन् । नेपाली खेलाडी तृषा श्रेष्ठ वमजन महिला विधातर्फ पाँचौँ स्थानमा पर्न सफल हुनुभएको छ ।

प्रतियोगितामा सहभागी खेलाडीहरु स्वरेक मैदानमा उडान गरी डौवा फाटमा अवतरण गरेका छन् । बिहीबारदेखि शुरु भएको प्रतियोगिताको आइतबार वालिङ– ११ डौवा फाँटमा समापन गरिने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।