मूल्य बृद्धिको पखाईमा गोदाममा नै थन्किए अलैची !

धनकुटा खबर । अलैचीको मुल्यमा भारी गिरावट आएपछि धनकुटाका ब्यपारी र किसान गोदाममा नै अलैची थन्क्याएर बसेका छन् ।

महंगो मूल्य भएको बेला खरिद र बेच्न तयारी गरिएको बेला अलैचीको मूल्यमा अचानक अस्वभाविक मुल्य गिरावट आएपछि यस्तो अबस्था आएको हो । प्रति मन (४० के.जी.) अलैचीको मूल्य ६० देखि ७० को मूल्य २०७२ सालमा १ लाख २० हजार पुगेको थियो । तर उक्त मूल्य केहि समय कायम रहेर द्रुत गतिमा घट्दै हाल ३० हजारमा स्थिर भएपछि ब्यपारीर किसानहरुले पुःन मूल्य बृद्धिको आशमा पुरानो अलैची गोदाममा राखेर बसेका हुन् ।

२०४७ सालबाट ब्यपार शुरु गरेका ब्यपारीक केन्द्र हिले ब्यपारी टेक बहादुर भण्डारीले आफू संग ३ सय मन अलैची गोदाममा नै रहेको बताए । पुरानो अलैची बिग्रने भएकाले ७१ र ७२ सालमा १ लाख २० हजारमा किनेको अलैची कम मूल्यमा बेच्नुपर्दा ५० लाख घाटा लागेको उनले बताए । तर मूल्य बृद्धिको पर्खाईमा ७३ र ७४ सालमा किनेको ३ सय मन गोदाममा नै थन्क्याएर राखेको जानकारी दिए ।


तस्विर : आफ्नो गोदामको पुरानो अलैची देखाउँदै धनकुटा हिलेका ब्यपारी ईन्द्र तितुङ्ग ।

अलैची ब्यबसायी महासंघ धनकुटा शाखा हिलेका अनुसार अहिले जिल्लाका ब्यपारी र किसान संग सयौ मन पुराना अलैची बाँकी छ । शाखाका अध्यक्ष ईन्द् तितुङ्गका अनुसार नेपाली अलैचीको बिश्व बजारमा बेग्लै जात नहुनु र नेपालको अलैचीमा भारतको एकद्वार ब्यपार कायम हुंदा यस्तो अबस्था आएको हो ।

‘भारतका केहि ब्यपारीहरुले तेस्रो मुलुक जाने नेपालको अलैचीमा मिसावट गररे निर्यात गर्दा मुल्य गिरावट आएको हो’,उनले भने–‘यसको असर ब्यपारी र किसान दुबैलाई करोडौ घाटा लागेको छ ।’
उनको ईन्द्र ट्रेडर्सबाट पुरानो ३० हजार मन अलैची कम मूल्यमा बेच्दा १ करोड भन्दा बढी घाटा भएको उनले जानकारी दिए । उनी संग हाल २ सय मन पुरानो अलैची बाँकी भएको जानकारी दिए ।

उता महालक्ष्मी–३ डाडाँगाउँका विनोद थापाको घरमा विगत दुई वर्ष अघिको ५ मन भन्दा वढी अलैची गोदाममै थन्किएको छ । बेच्ने बेलामा अचानक मूल्य गिरावट भएपछि अलैची गोदाममै थन्काएको उनले बताए ।

अहिले अलैचीको भाउ प्रतिमन ३० हजार रुपैया पुगेको छ । ‘तीस हजार मानको दरले विक्री गर्दा लागत खर्च समेत उठ्दैन’उनले भने–‘प्रतिमन ६० हजार सम्म भाउ पाए किसानलाई केही राहत हुन्छ ।’
मूल्य बृद्धिको आशमा अलैचीको पकेट क्षेत्र मानिएको डाडाँगाउँका अधिकांश किसानले दुई÷तीन वर्ष यता किसानहरुले अलैची गोदाममै थन्काएर राखेको उनले बताए ।

२०३८ साल देखि नै अलैचीको व्यवसायिक खेती गर्दै आइरहेका सोही गाउँका रत्नबहादुर थापाले अचानक मूल्य गिरावटले किसानमा निरास भएको बताए ।

पहिला माग बढी उत्पादन कम भएकोले मूल्य बढेको उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले बताए । तर अहिले उत्पादन बढी माग उहि कायम रहेकोले मूल्यमा कमी आएको उनको भनाई छ । उन्नती परियोजनाले मुल्य श्रंखलामा काम गरेर अर्लैचीको उत्पादन र गुणतरमा सुधार भएपनि मूल्य ३० हजारमा स्थिर रहनुले यसको पुष्टि भएको उनको जिकिर छ ।

कृषि मन्त्रालयको तथ्यांक अनुसार धनकुटामा २ सय ९९ हेक्टरमा अलैची खेती हुन्छ । जसमा उत्पादन योग्य १ सय ६५ हेक्टर रहेको छ । गत आर्थिक बर्ष ०७४÷०७५ मा धनकुटामा ९७ मेट्रिक टन अलैची उत्पादन भएको मन्त्रालयको तथ्यांक छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।