धनकुटाको हिलेस्थित एक घरमा आगलागी, साढे ७ लाख क्षती

धनकुटा । गएराती धनकुटा १ हिले सिंजाली टोलको एक घरमा आग्लागी भएको छ ।

लक्ष्मीपूजा गरेको वत्तीवाट सल्केको आगोले सिंजाली टोलका गोरख वहादुर राईको घरमा आग्लागी भएको हिले प्रहरी चौकीका प्रमुख यदु खड्काले जानकारी दिनुभयो ।

आग्लागीवाट करिव साढे ७ लाख वरावरको क्षती भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घरको माथिल्लो तलामा लक्ष्मी पूजा गरी परिवारका सदस्यहरु अन्य काममा लागेको समयमा नजिकै रहेको परालमा वत्तीवाट आगो सल्किदा आग्लागी भएको हो ।

आग्लागीको कारण लक्ष्मी पूजाका लागि पूजा स्थलमा राखिएका सम्पूर्ण सामाग्री सहित घरको माथिल्लो भाग पूर्ण रुपामा जलेको प्रमुख खड्काले वताउनुभयो । अग्लागी शूरु भएको करिव एक घण्टा पछिमात्र परिवारका सदस्यले थाह पाएर आफुहरुलाई खवर गरेको र आफुहरु गएर स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।