नेपाल संवतको अवसरमा हिलेमा चियापान
धनकुटा । नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइएको छ ।
यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । यो संवतको अवसरमा आज हिलेमा झिंगु नेवा समाजले शूभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष डिजेश शाक्यको अध्यक्षता तथा धनकुटा नगर प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर प्रमुख तामाङ, समाजका निवर्तमान अध्यक्ष सिताराम श्रेष्ठ लगायतकाले शूभकामना मन्तव्य राखेका थिए । समाजले हिलेमा र्याली समेत प्रदर्शन गरेको थियो ।



