वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक कृषि फार्म !

म्याग्दी । म्याग्दीका एक युवा वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक कृषि फार्म सञ्चालन गरेर स्वरोजगार बनेका छन् ।

बेनपा–६ जरबुटाका ३५ वर्षीय नारायण जिसीले तरकारीखेती, भैँसी र कुखुरापालन गरेर राम्रो आम्दानी गर्न सफल भएका हुन् । जिसीले रु पाँच लाखको लगानीमा स्थापना गरेको फार्ममा हाल चार वटा भैँसी पाल्नुभएको छ । चार रोपनी खेतमा गोलभेँडा, बन्दा, काउली, काँक्रो, सिमी, बोडी, सागलगायत मौसमी तथा बेमौसमी तरकारीखेती गर्नुभएको छ ।

सात सयदेखि ८०० वटा कुखुरा पाल्ने गर्नुभएको छ । दैनिक १८ लिटर दूध रु ८० का दरले बेनीमा बेच्दै आउनुभएका फार्मका सञ्चालक जिसीले बताउनुभयो । दूध बिक्रीबाट मात्र मासिक रु २५ हजारदेखि रु ३० हजारसम्म आम्दानी हुने जिसीको भनाइ छ ।

फार्ममा तीनजनाले रोजगारी पाएका छन् । दूध र तरकारी ढुवानी गर्न मोटरबाटोको समस्या भएको जिसीले गुनासो गर्नुभयो । यसैगरी सिँचाइको पनि समस्या छ । फार्मको क्षमता विस्तार र तरकारीका बिरुवा उत्पादन गर्ने नर्सरी पनि सञ्चालन गर्ने जिसीको योजना छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖