दशैं-तिहार सकिएसंगै धनकुटामा मंसिरे धान भित्र्याउन चटारो

धनकुटा । दशै-तिहार सकिए संगै धनकुटाका किसान मंसिरे धान भित्राउन सुरु गरेका छन् ।

किसानले दशै तिहारको समयमा पाक्ने अगुवा धान काट्ने सुकाउने र थन्काउन काम तिहार अघि नै सके पनि अहिले भने मंसिरे धानको चटारो धमाधम सुरु भएको छ ।

दशै तिहार सकेर धान भित्राउन सुरु गर्ने किसान यो बर्ष दशै तिहार पछि भएकोले दशै तिहारको बिचैमा पाकेको धान भने तिहार अघि नै भित्राएको बताउछन् । धनकुटाको करिब ७ हजार ८ सय २० हेक्टर क्षेत्रफलमा मंसिरे धान खेति हुने गरेको तथ्याङ्गक छ ।

धनकुटाको बोधे, लेगुवा, बेलाहारा, मारेकटहरे, सान्ने, तेलिया, तांखुवा र जीतपुर लगाएतका स्थानमा धान खेति हुने गरेका छ । यी क्षेत्रमा स्थानिय र उन्नत लगायतका जातको धान खेति गरिदै आएको छ । धानले धनकुटाको कुल खाद्यान्नमा ४० प्रतिशत योगदान पु¥याउँदै आएको छ । धनकुटामा चैते र असारे धान खेति हुने गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖