निर्मलालाई सम्झेर यसरी भावुक बनिन् दिदी मनिषा पन्त, आँशु थाम्नै गार्हो – हेर्नुहोस् भिडियो

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त गत साउन १० गते रोशनीको घर गएकी उनको बलात्कारपछि हत्या गरिएको अवस्थामा ११ गते घर नजिकैको उखुबारीमा शव भेटिएको थियो । हत्याको अभियोगमा दिलिपसिंह विष्टलाई पक्राऊ गरी पछि साधारण तारेखमा छाडेको थियो तर, लामो समयसम्म बम दिदीबहिनीलाई स्थानीय प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थिएन ।

आन्दोलन चर्किएर प्रहरीको गोलीबाट एक बालकको मृत्यु भएपछि स्थानीय प्रशासन र प्रहरीको नेतृत्व परिर्वतन गरेपछि मात्र बम दिदीबहिनी पक्राउ परेका थिए । हत्याको अनुसन्धानमा पक्राउ परेका विष्ट र बम दिदीबहिनी लगत्तै छुटेका थिए ।

कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीहरु अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकहरु जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामी निलम्बनमा परेका थिए भने प्रतिवेदन सार्वजनिक गरिए लगत्तै प्रहरी नायव निरीक्षक (असई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरिएको थियो । चाँदनीले मृतक निर्मलाको लुगा पखालेको भिडियोमा देखिएको थियो भने प्रतिवेदनमा पनि उनले नियतवश नभई अन्जानवश नै लुगा पखालेको बयान दिएकी थिईन ।

घटना भएको १ सय ३ दिन वितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसकेको भन्दै तिहारपछि कात्तिक २५ गतेदेखि निर्मलाको परिवार अनिश्चितकालिन अनसनमा बस्ने घोषणा गरेसँगै निर्मलाका बाबु यज्ञराज पन्तसहित उनको परिवार आइतबारबाट न्याय माग्दै स्थानीय प्रशासनमा धर्ना बसेको हो । धर्नामा नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, उद्योगी व्यवसायी महिलाअधिकारकर्मी र सर्वसाधारण समेत सहभागि छन् ।

निर्मलालाई सम्झेर यसरी भावुक बनिन् दिदी मनिषा पन्त, आँशु थाम्नै गार्हो – हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।