मधुगंगालाई धार्मिक पर्यटनको रुपमा विकास गर्नु पर्नेमा जोड
धनकुटा खबर । धनकुटा नगरपालिका वडानम्वर दुइ भीरगाउँमा रहेको धार्मिक स्थल मधुगंगालाई धार्मिक पर्यटनको रुपमा विकास गर्नु पर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन ।
मधुगंगा धार्मिक पर्यटन गुरुयोजना सम्बन्धि आज भिरगाउमा भएको छलफल तथा अन्तरक्रिय कार्यक्रमका बक्ताले यस्तो बताएका हुन । मधुगंगा प्रदेश नं १ कै पवित्र धार्मिक स्थल रहेकोले यसको प्रचार प्रसार र प्रबद्र्धनको लागि सबै सोकारवला तथा स्थानीय लागिपर्नु पनर्मो जोड दिइएको थियो ।
कार्यक्रममा धनकुटा नगरपालिकाका उपप्रमुख सकुन्तला बस्नेत, प्रमुख प्रशासकिय अधिकृत टिकादत्त राई, प्रसासकिय अधिकृत डम्बर रोगु, सस्कृतीबिद् प्रा.डा. सोमप्रसाद खतिवडा, डिजाइनर विक्रम श्री, नेपाल पत्रकार महासंघका सचिव विदुर खवास, कान्तिपुर टेलीभिजनका उपसम्पादक विनोद घिमिरे, विभिन्न राजनितिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि, शिक्षक तथा भिरगाउका स्थानीयको उपस्थिती रहेको थियो ।

धनकुटा नगरपालिका वडा नं २ का वडाध्यक्ष चन्द्रलाल तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सस्कृतीबिद् प्रा.डा. सोमप्रसाद खतिवडा र डिजाइनर विक्रम श्रीले तयार पार्नुभएको मधुगंगा धार्मिक पर्यटन गुरुयोजनाको विषयमा जानकारी गराइएको थियो ।
मधुगंगा परिषरमा हरेक बर्षको माघे पूर्णिमाका दिन बिषेश मेला लाग्दै आएको छ । ठूलो गुफा भीत्र स्थापना गरिएको शिवलिङ्गको दर्शनका लागि टाढा टाढाका श्रद्धालुहरु यहाँ पुग्ने गरेका छन् । सदरमुकाम धनकुटा बजारबाट आठ किलोमिटर पूर्वमा अबस्थीत यो धामको संरक्षण र प्रवद्र्धनका लागि यो गुरुयोजना निमार्ण गरिएको वडाध्यक्ष चन्द्रलाल तामाङले जानकारी दिनुभयो ।
मधुगंगा धार्मिक पर्यटन पर्यटन प्रबद्धन समिती गठन

मधुगंगा धार्मिक पर्यटन प्रबद्धनका लागि १५ सदस्सीय मधुगंगा धार्मिक पर्यटन प्रबद्धन समिती गठन गरिएको छ ।
डम्बर प्रसाद गुरागाइको अध्यक्षतामा गठन भएको उक्त समितिको उपाध्यक्षमा पहलमान बस्नेत, सचिव पुखबहादुर मगर,सह सचिव हर्क बहादुर राई र कोषाध्यक्षमा विमला देवि तामाङ चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा ज्ञान बहादुर राई,युवा थापा,मिनादेवि भुजेल, दुर्गा ढकाल बस्नेत,शेर बहादुर ठाडा,राजेन्द्र गुरागाई,मोहन थापा, जय बहादुर राई, र रेणु ढकाल चयन हुनुभएको छ । त्यस्तै समितीको संरक्षकमा वडा अध्यक्ष चन्द्रलाल तामाङ रहनुभएको नवगठित समितीका अध्यक्ष डम्बरप्रसाद गुरासगाइले जानकारी दिनुभयो ।


