भारतले बन्द गर्‍यो नेपाल प्रवेशका सबै नाका !

कञ्चनपुर, १ मंसिर । भारतले नेपाल प्रवेशका सबै नाका बन्द गरेको छ । भारतको उत्तराखण्डमा भइरहेको स्थानीय निकाय चुनावका कारण भारतले नेपालसँग सीमा जोडिएका सीमानाका ४८ घण्टाका लागि बन्द गरेको छ ।

भारतको उत्तराखण्ड राज्यअन्तर्गत १३ जिल्लामा आइतबार भइरहेको स्थानीय चुनावका लागि भारतले नेपालसँग नाका जोडिएको सीमानाका बन्द गरेको हो । भारतमा आइतबार स्थानीय निकायको चुनाव भइरहेका सीमा जोडिएका ठाँउमा ४८ घण्टाका लागि नाका बन्द गरेको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए ।

यस्तै, कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले भारतले शनिबार बिहान ६ बजेदेखि ४८ घण्टाका लागि भारतले नाका बन्द गरेको बताए । भारतको उत्तराखण्डमा १३ जिल्ला पर्दछन् । जसअन्र्तगत नेपालसँग सीमा जोडिएको भारतको चम्पावत जिल्लाका चार स्थानमा आइतबार नगरपालिकाको चुनाव भइरहेको छ ।

यता, नेपालसँग सीमा जोडिएको भारतीय सीमावर्ती बजार बनबासामा पहिलो पटक नगर पञ्चायतको चुनाव हुँदैछ भने टनकपुरलगायतका अन्य स्थानमा नगरपालिकाको चुनाव भइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖