ए डिभिजन लिग फुटबल : दोस्रो चरणको खेल शुरू, आज दुई खेल

काठमाडौँ, १ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ, तिहार तथा छठ पर्वका कारण स्थगित गरिएको थियो । लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन् ।

आजदेखि शुरु हुने दोस्रो चरणका पहिलो खेलमा मनाङमस्र्याङ्दी क्लब र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल हलचोक मैदानमा अहिले शुरु हुँदैछ । आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेल सोही मैदानमा दिउँसो २:३० बजे शुरु हुनेछ ।

पहिलो चरणको खेलमा मनाङले ब्रिगेडब्वाइजलाई ३–१ ले पराजित गरेको थियो । एनआरटीले आर्मीसँग २–२ गोलको बराबरी खेलको थियो । च्यासलले भने मच्छिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।राष्ट्रिय टोलीका खेलाडीको भरिएको मनाङको कप्तानी विराज महर्जनले गर्नेछन् । अग्रपंक्तिका ओलावले आफिजको प्रर्दशनले नतिजाले फेरबदल ल्याउन सक्नेछ ।

यता न्यूरोड टोली पनि मनाङलाई समस्यामा पार्ने दाउमा छ । उपाधि दाबेदार आर्मीलाई पहिलो खेलमा बराबरीमा रोकेको एनआरटीलाई उमेर समूहका खेलाडीको राम्रो साथ छ । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन लागेको हो । पछिल्लो पटक विसं २०७१ मा ‘ए’ डिभिजन लिग भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।