एक पछि अर्को गर्दै भ्रष्टचारको पोल खोलिदै, ‘म पनि’ अभियानमा धेरैको सहभागिता !

काठमाडौं । गएको सिधाकुरा कार्यक्रममा यौन दुव्र्यावहार विरुद्धको ‘मि टु’ अभियान जस्तै भ्रष्टचार विरुद्धको ‘म पनि’ क्याम्पियान सुरु गरेको थिईयो ।

यसको उदेश्य वडा कार्यालयदेखि सिहंदरबारसम्म सर्वसाधारणले कुनै पनि सार्वजनिक सेवा पाउनका लागि राजश्व वाहेक विना रसिद कर्मचारी, एजेन्टलार्ई अतिरिक्त रकम तिरेका अनुभव सेयर गर्नु र यसरी घुस लिनेहरु लज्जित बनाउनुनै मात्र नभई आगामी दिनमा घुस माग्ने साहास नगरुन् भन्ने हाम्रो उदेश्य हो ।

अहिले ‘म पनि’ अभियानमा केही सुझावसहित धेरै दर्शक सहभागी भएका छन् । सबैले बाध्यतामा परेर वडा कार्यालयबाट सिफारिस लिदाँदेखि फाइल टुङगो लाग्दासम्म चिया खर्चदेखि हजारौँ घुस दिनु परेको अनुभव सेयर गरेका छन् । ‘म पनि’ मेन्सन गर्दै गुनासो गर्नेहरु मध्ये अत्याधिक श्रम कार्यालय ताहाचालमा श्रम अनुमति लिदाँ विचौलिया र कर्मचारीलाई घुस खुवाउनु परेका अनुभव छन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय दैलेख, बागलुङ, बेनी, गुल्मी लगाएतका कार्यालयमा नागरिकता सच्याउँदा वा हराएर बनाउँदा पैसा खुवाउनु परेका अनुभव छन् । यस्तै मालपोत कार्यालय बेलबारी, कैलाली, भैरहवा नापी कार्यालय लगाएतका कार्यालयमा जग्गा पास, कित्ता काट जस्ता काममा घुस मागेको उल्लेख गरिएका छन् ।

यस बाहेक सवारी चालक अनुमति पत्र लिदाँ यातायात कार्यालय एकान्तकुना, ट्राफिक प्रहरीलाई पटक पटक घुस दिनु परेको जस्ता ट्वीट, फेसबुक स्टाटस ‘म पनि’ क्याम्पेनमा पोष्ट गरिएको छ । यस अघि पुर्व प्रधानन्यायाधीश शुसिला कार्कीले समेत नेपालमा भ्रष्टचार अन्त्यका लागि पनि ‘मि टु’ अभियान सुरु हुनु पर्ने भन्दै एक दैनिक पत्रिकामा लेख नै लेखिसकेकी छन् ।

यो अभियानले सरकारी कार्यालयमा हुने भ्रष्टाचार मात्र देखाउदैन घुस लिने तरिका बारे पनि सबैमाझ ल्याइदिन्छ । अनि त्यस्ता कार्यालयमा बसेर घुस खाने कर्मचारी लज्जित बनाउँछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖