विद्यार्थी लुट्ने चितवन मेडिकल कजेललाई कसले कार्वाही गर्ने ?, भ्रष्टचारीलाई नांगेझार पार्दै ‘म पनि’ अभियान (भिडियो सहित)

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३०२ औं एपिसोड हो । कार्यक्रमको आजको यस विशेष एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ । आजको एपिसोडमा निम्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. झपाको पशुपति माध्यमिक विद्यालयमा चरम भ्रष्टचार : झापाको बाह्रदशी गाउँपालिका–३ राजगढमा रहेको पशुपति माध्यमिक विद्यालयका केही शिक्षक र व्यवस्थापन समितिको मिलेमतोमा आर्थिक अनियमितता हुँदै आएको तथ्य खुलेको छ । विद्यालयले आर्थिक वर्ष २०७४-०७५ मा वितरण गर्नुपर्ने रामनारायण मिश्र छात्रवृत्तिको दुई लाख एक हजार रुपैयाँ अझैं पनि वितरण गरेको छैन ।

२. धम्क्याएर बढी पैसा माग्ने चितवन मेडिकल कजेललाई कसले कार्वाही गर्ने ? : अहिले चितवन मेडिकल कलेजमा विएसी नर्सिङ गरिरहेका विद्यार्थीसँग चितवन मेडिकल कलेजले प्रति विद्यार्थी ४ लाख बढी शूल्क मागिरहेको छ । आइओएमले विएसी नर्सिङका लागि ७ लाख ४८ हजार कुल शुल्क तोकेको थियो । तर अहिले चितवन मेडिकल कलेजले प्रति वर्षको १ लाखका दरले ४ लाख रुपैयाँ नदिए फर्म भर्न नदिने भन्दै फर्म रोकेको छ ।

३. श्रम कार्यालयका ३ जना विचौलिया थुनामा : श्रम कार्यालय ताहाचालको मुख्य समस्या भनेको बाटोमै तान्न आउने बिचौलिया र उनिहरुकै सेटिङमा काम गर्ने प्रहरी र कर्मचारी हुन् । यही विषयमा रिपोर्टिङ गर्न पुगेको हाम्रो टिमलाई रोक्ने तर १५ सय रुपैयाँ लिएर काम गर्ने विचौलियालाई स्वागत गर्ने परिपाटीको बिषयमा गत कार्यक्रममा रिपोर्टिङ गरेका थियाँै । लगत्तै लाइभ कार्यक्रममा कार्यालय प्रमुख युवराज खतिवडाले प्रमाण पुगे विचौलीया वा आफ्नै कर्मचारी भएपनि कारवाहीका गर्ने बताएका थिए ।

४. भ्रष्ट्रचार विरुद्धको ‘म पनि’ अभियानमा धेरैको सहभागिता । गएको कार्यक्रममा यौन दुव्र्यावहार विरुद्धको ‘ह्यासट्याग मि टु’ अभियान जस्तै भ्रष्ट्रचार विरुद्धको ‘ह्यासट्याग म पनि’ क्याम्पियान सुरु गरेका थियौं । यसको उदेश्य वडा कार्यालयदेखि सिहंदरबारसम्म सर्वसाधारणले कुनै पनि सार्वजनिक सेवा पाउनका लागि राजश्व वाहेक विना रसिद कर्मचारी, एजेन्टलार्ई अतिरिक्त रकम तिरेका अनुभव सेयर गर्नु र यसरी घुस लिनेहरु लज्जित बनाउनुनै मात्र नभई आगामी दिनमा घुस माग्ने साहास नगरुन् भन्ने हाम्रो उदेश्य हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।