निर्मला हत्या प्रकरण : बम दिदीबहिनीका बाबु पहिलोपटक मिडियामा !, निर्मलाको परिवारसँग यस्तो आक्रोश (भिडियो)

थप चारको डिएनए मिलेन: कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पठाएको थप चार जनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

घटनामा संलग्न हुनसक्ने आशमा प्रहरीले चारको डिएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बिहीबार आइपुगेको डिएनए रिपोर्ट आज हेरिएको र रिपोर्ट नमिलेको बताउनुभयो । यसअघि प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरिएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टको डिएनए नमिले पछि साधारण तारेखमा छुटेका थिए ।

सोही घटनामा संलग्नताको आशङ्का तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित चार जनाको पनि डिएनए परीक्षण गरिएको थियो । अनुसन्धानका क्रममा हालसम्म परीक्षण गरिएका डिएनए नमिले पनि प्रहरीले सुक्ष्मरुपमा घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी: बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् ।

पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो ।कात्तिक २५ गतेदेखि धर्नामा बस्नुभएका यज्ञराजलाई ज्वरो आउनुका साथै रुखा खोकी लागेको र हातखुट्टा दुख्ने समस्या देखा परेको छ । दुर्गालाई समेत ज्वरो आएको र रक्तचाप घटेको छ ।

उपचारका लागि पुग्नुभएका महाकाली अञ्चल अस्पतालका चिकित्सक किशोर बोहराले दुवैको चिसोका कारण स्वास्थ्य बिगँ्रदै गएको बताउनुभयो । निर्मलाकी कान्छी आमा लक्ष्मी पन्तको समेत रक्तचाप बढेको पाइएको छ । यसैबीच प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले पन्त परिवारको अवस्थाबारे जानकारी लिनुभएको छ ।

यज्ञराजले छोरीका हत्यारा पत्ता नलाग्दासम्म र न्याय नपाउँदासम्म धर्ना जारी रहने बताउनुभयो । साथीको घरमा गएकी निर्मलाको साउन ११ गते उखु बारीमा शव फेला परेको थियो । हत्या भएको तीन महिनाभन्दा बढी समय बिते पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

बम दिदी-बहिनीका बाबु पहिलोपटक मिडियामा !, निर्मलाको परिवारसंग यस्तो आक्रोश – हेर्नुहोस् भिडियोमा 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖