ताहचल स्थित श्रम तथा वैदेशिक रोजगार बिभागबाटै पक्राउ परे ७ जना विचौलियाहरू
काठमाडौं । काठमाडौं ताहचल स्थित श्रम तथा बैदेशिक रोजगार विभागबाट ७ जना विचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
श्रम स्वीकृतिका लागि आउने सेवाग्राहीलाई हैरानी दिने तथा काम छिटो छरितो गरिदिन्छु भनि बिचौलिया काम गर्ने कोटेश्वर बस्ने खोटाङ हलेसीका यम गिरी, कालिमाटी बस्ने काभ्रेका भरत तामाङ, कोटेश्वर बस्ने सिन्धुलीका पुष्प राईलाई पक्राउ गरेका छन्।
त्यस्तै धादिङका सीता मगर, गोरखाका श्रृजना मगर, कीर्तिपुरका रबिराज सापकोटा, सामाखुसी बस्ने मोरङका किशोर प्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।


