‘मुस्लिम धर्मगुरु’को जन्म दिन मनाउन नेपाल-भारत नाका नै बन्द !
कपिलबस्तु । कपिलबस्तुको कृष्णनगरस्थित नेपाल–भारत नाका बुधबार बन्द गरिएको छ ।
मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मद मुस्तफाको १४९३ औ जन्मोत्सव (मोहम्मद डे)का दिन बुधबार निकालिएको र्यालीको सुरक्षा स्थितिलाई ध्यानमा राखी नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जनाएको छ ।
बुधबार मध्यान्ह १२ बजेदेखि लागू हुने गरि सीमाक्षेत्र सिल गरिएको प्रजिअ अर्जुनप्रसाद पोख्रेलले बताए । अत्यन्तै इमरजेन्सी र मानवीय संवेदनशीलता हेरेर परिचयपत्र खुलाएपछि आवतजावत गर्न दिइने उनले बताए ।

दिउँसो निकालिर्ने याली सम्पन्न नहुञ्जेलसम्म सिमानाका बन्द गरिने उनले जानकारी दिए । मोहम्मद डेको पुर्वसन्ध्यामा कृष्णनगरस्थित सिर्सिहवा गाउमा पटकाजन्य पदार्थ बिस्फोट गराएपछि दुई जनालाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय बब्लु मनिहार र रिजवान पठानलाई उच्छृङ्खल गतिबिधि गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।


