सहिदभूमीमा २ सय ६ जनाले नागरिकता पाए
धनकुटा खबर । सहिदभूमि गाउँपालिका–६ थलथलेबजार बजारमा सञ्चालित दुई दिने नागरिकता वितरण शिविरमा २ सय ६ जनाले नागरिकता पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजना तथा सहिदभूमि गाउँपालिका कार्यालयको व्यवस्थापनमा आँखिसल्लाको थलथलेबजारमा दुईदिने नागरिकता वितरण शिविर सञ्चालन भएको हो ।
शिविरमा नागरिक पाउनेमा १ सय २६ जना महिला र ८० जना पुरुष रहेको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताए ।
उमेर पुगेर पनि नागरिकता नभएको कारण समाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित सहिदभूमि गाउँपालिका–४ वाराङटोलकी ७० बर्षीय रामकुमारी राईले नागरिकता पाएकी छिन् । त्यस्तै सोही वडाकी एकल महिला चाम्लामा राईले पनि नागरिकता पाएकी छिन् ।

तस्वीर : शिविरमा ७० बर्षीय रामकुमारी राई गाउँपालिका अध्यक्ष मनोज राईबाट नागरिक लिँदै ।


