अन्तर्राष्ट्रिय महिला फुटबल : नेपाल प्रहरी विजयी

काठमाडौँ । प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल प्रहरी क्लब विजयी भएको छ ।

नेपाली सेनाद्वारा आयोजित उक्त प्रतियोतिगामा नेपाल प्रहरीले प्रदेश नं ६ लाई ९–० को फराकिलो गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जीतसँगै पुलिस प्रतियोगिताको क्वार्टरफाइनल पुगेको छ । पुलिसको जितमा निरु थापा एक्लैले चार गोल गरिन् । उनले खेलको पाँचौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलिन् । त्यस्तै उनले खेलको ४७ र ७८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् भने खेलको दोस्रो हाफको अतिरिक्त समयमा पनि पुन एक गोल थपिन् ।

त्यसैगरी खेलको ४९औँ मिनेटमा प्रदेश ६ की सिर्जना सिंहले आत्मघाती गोल गरिन् । प्रहरीकी अर्की खेलाडी सुवानी कुसवाहले खेलको ५३, निर्मला उपाध्यायले खेलको ५६, सिर्जना खड्काले खेलको ६० तथा रुपा मगरले खेलको ८८औँ मिनेटमा एक÷एक गोल गरे । खेलमा वुमन अफ दी म्यान प्रहरीकी निरु थापा घोषित भइन् ।

यही मङ्सिर १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता तीन विभागीय टोलीसहित भारतका दुई टोली विहार र सिक्किम तथा सात प्रदेशको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टोलीले रु तीन लाख पाउने छन् भने उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । त्यसैगरी सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु ५० हजार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।