डडेलधुरा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो, अध्यक्ष प्रचण्डद्वारा दुःख ब्यक्त (अपडेट)

डडेलधुरा,मंसिर ६ । डडेलधुरा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। बस उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा डा केआई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११, रदुवा खोलामा दुर्घटनामा परेको हो।

उपचारका लागि डडेलधुरा सदरमुकामस्थित उपक्षेत्रीय अस्पताल ल्याइएकामध्ये थप २ जनाको मृत्यु भएपछि मृतककाे संख्या १८ पुगेकाे डडेलधुराका प्रहरी प्रमुख डिएसपी डम्बरबहादुर केसीले जानकारी दिए। यसअघि १२ जनाकाे घटनास्थलमा र ४ जनाकाे उपचारका क्रममा मृत्यु भएकाे थियाे। हाल उपक्षेत्रीय अस्पतालमा १५ जनाकाे उपचार भइरहेकाे छ।

केसीका अनुसार डोटीको शिखर नगरपालिकाकाे बानिडुग्रेसइनस्थित पिस जोन एकेडेमीको बस से१क २९३ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल रदुवा खोलामा खसेको थियो।

बसमा ३५ जनाभन्दा बढी सवार रहेको अनुमान गरिएको छ। हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा उद्दार कार्य चलिरहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेको संख्या बढी रहेकाले मृतकको संख्या बढ्नसक्ने जनाइएको छ।

दुर्घटनाको कारण भने हालसम्म खुल्न नसकेको प्रहरी प्रमुख केसीले बताए। बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कूल बस दुर्घटनामा परेको हो।

अध्यक्ष प्रचण्डले गरे डडेल्धुरामा भएकाे सवारी दुर्घटनाप्रति दुःख व्यक्त

डडेल्धुराको रडुवाखोलमा ठूलो संख्यामा यात्रुहरूको हताहत हुने गरी भएको सवारी दुर्घटनाप्रति नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गर्दै आफू मर्माहत भएको बताएका छन् ।

दुर्घटना लगत्तै अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत बस दुर्घटनाबाट भएको मानवीय क्षति भएको खबरले आफू मर्माहत भएको बताएका हुन्। अध्यक्ष प्रचण्डले दुर्घटनामा परि मृत्यू भएकाहरुको परिवारप्रति संवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

प्रचण्डले घाईतेहरुको उपचारमा सहयोग गर्न सरकार, पार्टी कार्यकर्ता र अन्य सबैलाइ अपील गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।