निर्मला पन्तका बुबाको बिग्रियो मानसिक सन्तुलन, बन्दुक खोस्ने प्रयास – हेर्नुहोस् दर्दनाक दृश्य

काठमाडौं । कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका बुबा यज्ञराज पन्तले मानसिक सन्तुलन गुमाउनु परेको छ। महिनौँ देखि न्यायको भिख माग्दै आएका निर्मलाका बुबा र उनको परिवारको बिछिप्त हालत दर्शाउने यो भन्दा दर्दनाक अवस्था के होला?

बुबा यज्ञराजको मानसिक सन्तुलन बिग्रिएपछि उनले सडकमा अस्वाभाविक हर्कतहरू गरेका दृश्य यो भिडियोमा देखिन्छ। न्यायका लागि धर्नमा बसेका बेलामा पनि उनी बर्बराउने, नाराबाजी गर्ने र बेलाबेलामा जोसिने अनि रूने गर्दै आएका छन्।

सरकारसँग न्याय माग्दामाग्दै थाकेका निर्मलाका पिताको कहालिलाग्दो यो अवस्था देख्दा कसको मन थामिएला? यो देशमा यदि न्याय हुन्थ्यो भने यी पिताको आज यो हाल पक्कै हुने थिएन।

निर्मलाका बुबाले मानसिक सन्तुलन गुमाएपछि बीच सडकमा र धर्नामा देखाएको यो अस्वाभाविक कृयाकलाप र हिंस्रक व्यवहारले उनको बेहाल अवस्था दर्शाउँछ। कतिसम्म भने निर्मलाका बुबा यज्ञराजले सुरक्षाकर्मीको हातबाट बन्दुक खोस्ने प्रयास समेत गरेका छन्। हेर्नुहोस् डिसी नेपालको यो भिडियो

https://youtu.be/U9MGlg94nSk



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖