१ सय २६ घण्टा नाचेर विश्व कीर्तिमान राख्दै वन्दना नेपाल (भिडियो सहित)

काठमाडौं, ७ मंसिर । गिनिज बुक अफ वल्र्ड अर्थात् विश्वमा कसैले गर्न नसक्ने काम गरेर राखिने कीर्तिमान हो । यहि विधामा एउटा नाम थप्ने उद्देश्यले नृत्यांगना वन्दना नेपाल एक सय २६ घण्टा लगातार नाचेर विश्वर कीर्तिमान बनाउँदै छिन् ।

यिनी बन्दना नेपाल । कक्षा १२ मा अध्ययनरत बन्दना त्यस्तै अद्भुत कला र क्षमताका साथ गिनिज बुकमा कीर्तिमान लेखाउने दाउमा छिन् । लगातार १ सय २६ घण्टा सम्म नाचेर विश्व कीर्तिमान बनाउन आफ्नो कला शुक्रबारबाट प्रस्तुत गरेकी छिन् । धनकुटाकी बन्दनाको नाच्ने शोख र नाचेरै विश्वमा आफूलाई चिनाउन र नेपालको थप पहिचान लेखाउने उनको परिवारको आश छ ।

यसअघि, एक सय २३ घण्टा नाचेर विश्व कीर्तिमान कायम गरेकी भारतकी केरलाकी कलामण्डल हेमथलाको कीर्तिमान खोस्ने उनको दाउ आफैमा लोभलाग्दो छ । बन्दनाको यो उत्साह र साहसलाई लिएर उनका बाबु पनि दंग छन् ।

बत्तिसपुतलीस्थित विग फुडल्याण्डमा सुरु भएको यो कीर्तिमान कायम गर्ने नाच अवलोकन गर्न पर्यटनमन्त्री रविन्द्र अधिकारी तथा ऊर्जामन्त्री वर्षमान पुन लगायत अन्य विशिष्ट व्यक्तिको समेत उपस्थिति थियो । बत्तिसपुतलीस्थित विग फुडल्याण्ड होटलमा भईरहेको कार्यक्रमका संयोजक हरिचन्द्र राउत तथा सह–संयोजक सन्तोष लामाले गरेका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖