राष्ट्रपतिका लागि गाडी किन्न पशुपतिमा भिख माग्दै युवाहरु (भिडियो सहित)

काठमाडौ । केही युवाहरूले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन् ।

जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरू सम्बोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरूले सांकेतिक विरोधस्वरूप एक रुपैयाँ भिख मागेका हुन् ।

सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटफ्रुफ गाडीसहितको सवारी साधन किन्ने निर्णय गरेपछि सो निर्णयको चौतर्फी विरोध भइरहेका बेला स्वतःस्फूर्त रूपमा युवाहरू भीख माग्ने कार्यक्रमा सहभागी भएका हुन् ।

शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरूले ‘दान गर्नुहोस्, पुन्य कमाउनुहोस्’ भन्दै सर्वसाधारणसँग एक–एक रुपैयाँ भिख मागेका हुन् ।

१८ करोड रुपैयाँको गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पूरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने भन्दै युवाहरूले निर्णयको विरोध गरेका छन् ।

युवाहरूले पशुपति वनकाली क्षेत्रमा बसेर दर्शनार्थी, बटुवा, बालबालिका बुढाबुढी सबैसँग भिख मागेका थिए । युवाहरूले संकलित रकमबाट खेलौना गाडी किनेर राष्ट्रपति कार्यालयलाई बुझाउने बताएका छन् ।

https://youtu.be/ekwK-7IzrlE



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖