प्रदेश १ स्तरिय भलिवल : हेर्नुहोस् आजको खेलमा कुन-कुन जिल्ला बिजयी भए
धनकुटा खबर । मदनभण्डारी स्पोर्ट एकेडेमिको आयोजनामा धनकुटामा हिजोबाट प्रदेश १ स्तरिय भलिवल प्रतियोगिता सञ्चालन भइरहेको छ ।
आज भएको खेलमा सुनसरी, संखुवासभा, ओखलढुंगा, झापा,तेह्रथुम,उदयपुर,भोजपुर र ताप्लेजुङ बिजयी भएका छन् । सुनसरीले पाचथरलार्ई २५–१९ र २५–१५ को सोझो सेटमा पराजित गर्यो । यस्तै संखुवासभाले मोरङलाई २५—२२ र २५—१९ले पराजित गरेको छ । तेह्रथुमले धनकुटालार्ई २५—१३ र २५—१६ ले पराजित गर्यो । यसैगरि ताप्लेजुङले उदयपुरलाई २५—२२ र २५—१८ ले पराजित गर्यो भने आजै भएको अर्को खेलमा झापाले तेह्रथुमलाई २५—१२ र २५—१२ ले पराजीत गरेको छ ।
त्यस्तै सोलु र उदयपुर विच भएको अर्को खेलमा उदयपुर विजय भएको छ उदयपुरले सोलुलाई २५—२३,२२—२५ र २५—२२ ले पराजित ग¥यो । खोटाङ र इलाम विच भएको खेलमा खोटाङले इलामलाई २५—१५,२५—२२ले पराजित गर्यो । त्यस्तै ओखलढुङगा र सोलुविच भएको अर्को खेलमा ओखलढुंगा विजय भएको छ ।

ओखलढंगाले सोलुलाई २५—२१र २५—११ ले पराजित गर्यो । समुह चरण क मा संखुवासभा पहिलो भएको छ भने दोस्रो र तेस्रोको टुङगो लाग्न बाकी छ । त्यस्तै समूह ख मा सुनसरी प्रथम, भोजपुर दोस्रो र समूह ग मा झापा प्रथम र तेह्रथुम दोस्रो भएको मुख्य रेफ्रि विनय राईले जानकारी दिनुभयो ।
मंसिर १३ गतेसम्म संचालनहुने प्रतियोगितामा प्रथम हुने टीमले एकलाख ५१ हजार एकसय सय ११ रुपैयाँ नगद प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुनेले एकलाख, एकहजार, एकसय ११ रुपैयाँ तथा तेस्रो हुनेले ५१ हजार एकसय ११ रुपैयाँ नगद प्राप्त गर्ने छन् । प्रतियोगितामा प्रदेश नम्वर एकका १४ वटा टीमको सहभागिता छ ।


