संस्थापक कांग्रेस नेतालाई श्रद्धाञ्जली !
धनकुटा खबर, १२ मंसिर । नेपाली कांग्रेस धनकुटाले आफ्ना संस्थापक नेता स्वर्गीय निर्मल कुमार कर्माचार्यको बार्षिक पुण्य तिथीमा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
धनकुटा नगरपालिका वडा नं. ५ स्थित कर्माचार्यकै निवासमा गएर जिल्लाका नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली ब्यक्त गरेका हुन् ।
नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,नेपाली कांग्रेस धनकुटाका कोषाध्यष दिनेश राई, धनकुटा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष तथा कांग्रेस वडा सभापति धन कुमार राई लगाएत कांग्रेस नेता तथा कार्यकर्ताहरुले कर्माचार्य प्रति सम्मान पूर्व श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

नेपाली कांग्रेस धनकुटका संस्थापक तथा धनकुटा कांग्रेसका सर्वमान्य नेता स्वर्गीय कर्माचार्यको नेपाली कांग्रेस धनकुटाको संगठन विस्तारमा बिशेष योगदान रहेको सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
स्वर्गीय निर्मल कुमार कर्माचार्यका ३ छोराहरु आशिष कर्माचार्य,अभिषेक कर्मार्चा,भविशेक कर्माचार्य, उज्वल कर्माचार्य र २ छोरीहरु पूजा कर्माचार्य,नेहा कर्माचार्य रहेका छन् ।


