नेत्र ज्योती संघ धनकुटाद्धारा माननियलाई सम्मान, संघको नयाँ समिति छनौट
धनकुटा खबर । नेत्रज्याती संघ धनकुटा शाखाले प्रदेश सभासद् कुसुम कुमारी श्रेष्ठ(जुली) लाई सम्मा तथा बधाई ज्ञापन गरेको छ ।
शाखाले आफ्नो १० औ अधिवेशनको अबसर पारेर संस्थाकी सदस्य रहनुभएका श्रेष्ठलाई सम्मान गरेको हो । उहाँलाई संस्थाका अध्यक्ष दोर्ण प्रसाद गुरागाई, केन्द्र्यि अध्यक्ष तिर्थ मिश्रले सम्मान गर्नुभएको थियो ।
धनकुटा ६ स्थित उद्योग बाणिज्य संघ धनकुटाको सभाहलमा सम्पन्न अधिवेशन केन्द्र्यि अध्यक्ष मिश्रले उत्घाटन गर्नुभएको छ । कार्यक्रममा संस्थाका सचिव रोषेश श्रेष्ठले आय ब्यय र कोषाध्यक्ष जय निरौलाले प्रस्तुत गर्नुभएको थियो ।

नेपाल नेत्रज्योती संघ धनकुटाको अध्यक्षमा दोर्णप्रसाद गुरागाई निर्वाचित भएका छन् । आज भएको जिल्ला अधिवेशन बाट गुरागाई अध्यक्षमा निविरोध निर्वाचित भएका हुन् ।
त्यस्तै सदस्यमा पुरेन्द्र लाल श्रेष्ठ, रोशेष श्रेष्ठ, जयप्रसाद निरौला, लिला मिश्र, जयन्द्र प्रधान , अम्मिका राई , प्रकाश श्रेष्ठ, रेणु श्रेष्ठ, रमेश शाक्य, ऋिषीराम ढुङगाना, ठगेन्द्र अधिकारी र देब खड्का निर्वाचित भएका छन् । शाखाको १० औ सभाले प्रदेश संसद कुसुम कुमारी श्रेष्ठ लाई सम्मान समेत गरेको थियो ।



