‘चार-पाँच लाखले हुँदैन करोड चाहिन्छ’ भन्दै इशाले आफ्नै पकेटबाट गरिन १ लाख सहयोग (भिडियो सहित)

युके, बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् इशा गुरुङ्ग । बेलायत बासि १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोही कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् ।

कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् । पछिल्लो समयमा उनले चार बर्षकी ब्लड क्यान्सर पीडित कृश्टिना सुनार बचाऊ अभियानमा दिनरात नभनी ५ लाख भन्दा बढी रकम रबि लामिछाने मार्फत हस्तान्तरण गराएकी थिइन। उनी भन्छिन् म बेलायतमा भएपनि मन भने नेपालमा नै छ, नेपालीकोपीडाले सबैभन्दा बढी छुन्छ मलाई । कोही कसैले नेपालको बारेमा नराम्रो बोल्यो भने पनि म चुपलागेर बस्न सक्दिन ।

त्यस्तै अहिले सिधा कुरा जनतासंगको रास्कोट कालिकोट नेपाल सामुदायिक हस्पिट्ल निर्माणको अभियानमा आफुले पनि इँटा थप्ने काम गरेको उनले स्कटनेपाललाइ जानकारी दिइन । उनि भन्छिन देशको दूरदराज़ दुर्गम गाउ कालिकोटको राजकोटमा नेपाली गरीबी जनताहरू जिबनजल नपाएर मर्न बाध्य भैरहेका छन्, सिटामोल नपाएर अकालमै मर्न बाध्य छन्, कुपोषणको रोगले मर्न बाध्य छन्, सुत्केरी महिलाहरू बच्चा जन्माउन नपाउदै मर्न बाध्य हुन्छन्, तेसैले दक्षिण एशियाकै पहिलो डिजिटेल १५ बेडको अस्पताल निर्माण गर्ने अभियानमा इशा भन्नु हुन्छ आउनुस हामी सबै मिलेर हातेमालो गरौ, यति लेखिरहदा मेरो व्यक्तिगत सहयोग रू १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाउन चाहन्छु र यो सिधाकुरा जनता संगको महान् दोश्रो अभियान हो , सरकारको आशा नगरौ अब हामी सबैले राष्ट्को सपुत छोरा रबी जी को साथ दिनु मद्दत गरौ भनेर आफ्नो फेसबुक वाल मार्फत मेसेज सार्बजनिक गरेकी छन् ।

भिडियोमा हेर्नुहोस बेलायतबाट इशाले यसरी पहल गर्नु भयो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।