बुद्धिचालको उपाधी धनकुटा -६ का सुमनलाई !
नारायण कुमार राई, धनकुटा खबर । धनकुटामा सन्चालित खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधी धनकुटा ६ का सुमन श्रेष्ठले जितेका छन् ।
उनले शनिबार भएको फाईनल खेलमा ५ अंक लयाएर बिजयी भएका हुन् । खेलमा ४ अंक ल्याएर धनकुटा ४ का रमेशचन्द्र अधिकारी दोस्रो भएका छन् । साँगुरीगढी गाउँपालिका १ लावरबोटेका हेमकुमार राई तेश्रो पुरस्कार जितेका छन् ।
उनीहरुलाई जिल्ला समन्वय समितिका सभापति टंक बहादुर चौहान,बिराटनगरका निर्णयक फ्रिडे आरबिटर बिजय कुमार थाप ,वडा नं.७ का अध्यक्ष जंगबहादुर राईले बिजयी खेलाडिहरुलाई सम्मान गर्नुभएको थियो ।

४१ औँ धनकुटा नगर स्थापनाको दिवसको अवसरमा जिल्ला खेलकुद विकास समिति र जिल्ला बुद्धिचाल संघ धनकुटाले आयोजना गरेको जिल्ला स्तरिय खुला बुद्धिचाल प्रतियोगितामा २२ जनाको सहभागिता रहेको थियो ।
बिजयी खेलाडिहरुलाई आगामी सम्पन्न हुने राष्ट्रिय खेलमा सहभागि गराईने बुद्धिचाल संघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।



