पहिलोपटक मेलिना राईले गाइन् ‘कौडा गीत’ (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय निकै चर्चा कमाउन सफल गायिका हुन् मेलिना राई । उनै गायिका राईले गाइन् पहिलोचोटी लोक दोहारेरी बेसमा कौडा गीत ।

सधैं ट्रेन्डिङमा पर्न सफल हुने गायिका मेलिना राईले पहिलोचोटी पश्चिमेली लोक दोहारेरी भाका कौडा गीत गाएकी छन् । पूर्वेली लोक गीत, चलचित्र गीत, आधुनिक गीतमा उनको स्वरले पछिल्लो समय कब्जा जमाएको भए पनि अब भने पश्चिमेली ठेट लोकगीतमा पनि स्वर दिन थालेकी छिन् ।

मेलिना राईले गाएको कौडा गीत ‘गोरखा डाँडा शितलु’मा अविनाश थापा, रजनी मगर र सर्जक तथा गायक कौडा किङ गणेश गुरुङको स्वर रहेको छ । कौडा किङका रुपमा चिनिँदै आएका गायक गणेश गुरुङले यस गीतमा लय पनि भरेका छन् भने अविनाश थापाको शब्द लेखेका छन् ।

उक्त कौडा गीत गुरुङ जाति र मगर जातिबीचको मायाप्रेममा केन्द्रित रहेको छ । आस्लामी मगर समुदायमा हुर्किएका गायक अविनाश थापाले यो कौडा गीत निकै मिठो बनेको छ । अविनाश गोरखा कालीका मन्दिरका पूजारी खलक पनि हुन् । गायक अविनाशले पहिला आफ्ना बाजे, बुबाहरु गोरखा कालीका मन्दिरका पूजारी रहेको कुरा बातए ।

उनै पूजारी खलकका गायक अविनाशको कौरा गीत ‘गोरखा डाँडा शितलु’ गीतको म्यूजिक भिडियोलाई दीप गुरुङले निर्देशन गरेका छन् । राजेश घिमिरेको छायाँकन रहेको यस गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । भिडियोमा सन्तोष थापा मगर, मनोज थापा मगर, लिला थापा मगर, लक्ष्मी गुरुङ, पार्वती गुरुङ, सुमित्रा गुरुङ, बबिता गुरुङको अभिनय तथा नृत्य रहेको छ । गीतलाई गायक अविनाश थापाको आफ्नै अफिसीएल युट्युव च्यानलमार्फत हेन सकिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।