प्रदेशस्तरीय खेलकूदका लागि चितवनबाट ११९ जना पुरुष र ८० जना महिला खेलाडी छनोट

चितवन । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेशस्तरीय खेलकूदमा सहभागी हुन जिल्लाबाट १९९ जना खेलाडी छनोट गरिएको छ । छनोट भएका खेलाडीमध्ये ११९ जना पुरुष तथा ८० महिला खेलाडी रहेका छन् । फुटबल, एथलेटिक्स, मार्सलआर्टसहित १५ वटा विधामा खेलाडी छनोट गरिएको हो ।

आगामी माघ महीनामा प्रदेश नं–५ मा हुने राष्ट्रिय खेलकूदमा सहभागी हुनका लागि जिल्लाबाट छनोट भएका खेलाडी प्रदेशमा सहभागी हुने र विजेता खेलाडीले राष्ट्रिय खेलकूदमा भाग लिन पाउने चितवन जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।

जिल्लाबाट फुटबलमा १६ जना महिला तथा १६ जना पुरुष, एथलेटिक्समा आठ जना महिला तथा १२ जना पुरुष, बक्सिङमा ६ जना महिला तथा १० जना पुरुष, टेबल टेनिसमा दुई जना महिला तथा चारजना पुरुष, क्रिकेटमा १४ जना पुरुष छनोट भएका छन् ।

त्यस्तै भलिबलमा १० जना महिला तथा १० जना पुरुष, कबड्डीमा १० जना महिला, उसुमा सातजना महिला तथा सात जना पुरुष, कराँतेमा चार जना महिला तथा आठ जना पुरुष, बास्केट बलमा १० जना पुरुष, बुद्धिचालमा दुईजना पुरुष छनोट भएका चितवन जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिनुभयो ।

त्यसैगरी, लङ टेनिसमा एकजना पुरुष, टिआइएफ तेक्वान्दोमा चार जना पुरुष, फुल कन्ट्याक्ट कराँतेमा चारजना महिला तथा छ जना पुरुष छनोट भएको ढकालले बताउनुभयो । जिल्लास्तरीय छनोट सकिएपछि प्रदेशस्तरीय खेलकूदको लागि तयारी भइरहेको उल्लेख गर्दै चितवन जिल्ला खेलकूद विकास समितिका अध्यक्ष गङ्गालाल लामाले चितवनमा समेत चार खेलको छनोट हुने बताउनुभयो ।

लामाका अनुसार चितवनमा उसु, तेक्वान्दो, ब्याटमिन्टन र एथलेटिक्सको प्रदेशस्तरीय छनोटको खेल हुनेछ । जिल्लामा हुने प्रदेशस्तरीय छनोटका खेल भरतपुरको गेष्टहाउस चौर, भरतपुर कबर्ड हल तथा जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुनेछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖