५० रुपैंया किलोले पनि बिकेन ‘अनुसन्धान’को सुन्तला !
धनकुटा खबर । धनकुटा स्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेले उत्पादन गरेको सुन्तला बजार भाउ भन्दा दोब्बर घटी मुल्यमा पनि बिक्रि हुन सकेको छैन ।
गत बर्ष २२ लाख रुपैयामा ठेक्का लागेको सुन्तला यो बर्ष भने १२ लाख रुपैयामा टेन्डर आब्हान गरिए पनि कसैको टेन्डर पर्न नसकेको हो । कार्यालयले मुल्य घटाउदै तीन पटक टेन्डर निकालिसकेको छ ।
पहिलो पटक १४ लाखमा टेन्डर निकालेको थियो दोस्रो पटक सो घटाएर १२ र तेस्रो पटक १० लाखमा निकालेको छ । तर अहिले सम्म कुनै ब्यापारीले पनि सुन्तला किन्न चासो देखाएका छैनन् ।

बजारमा अहिले सुन्तला प्रतिकिलो १४० रुपैया सम्ममा बिक्रि भइरहेको छ तर कार्यलले भने प्रतिकेजी ५० रुपैया सम्म मात्र पर्ने गरि टेन्डर खुलाएको हो । ब्यापारीले बढिनाफा खाज्दै टेण्डर नहालेको हुन सक्ने कार्यालयका प्रमुख हरीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
सो फार्ममा करिब १६० रोपनी क्षेत्र वाट बार्षिक २९ हजार किलो ग्राम सुन्तला उत्पादन हुने गरेको छ ।


