निरुत्साहित हुँदै धनकुटाका कुखुरा पालक किसान, यस्तो छ कारण…

धनकुटा खबर । धनकुटाको छथरजोरपार्टी गाउँपालिकाका व्यवसायीक गिरीराज कुखुरा पालक किसान यो व्यवसायवाट निरुत्साहित हुँदैगएकाछन् । गाउँपालिकाको अनुदान मार्फत फर्म नै दर्ता गरी यो व्यवसायमा संलग्न भएका किसानहरु गिरीराज कुखुरा समय मै नविक्दा व्यवसायवाटै निरास भएका हुन् ।

अढाई देखी ३ किलो सम्म हुँदा वेचिसक्नु पर्ने कुखुरा ५ देखी ६ किलो पुग्दा पनि विक्रि नभएपछि आफुहरुलाई समस्या भएको छथर जोरपार्टी गाउँपालिका ३ तांखुवाका कुशल कुखुरा फर्म सञ्चालक हिमादेवी राईले गुनासो गर्नुभयो ।

राईका अनुसार त्यस क्षेत्रका उहाँ जस्तै अन्य किसानहरुले पनि त्यही समस्या भोगिरहेका छन् । पाले जती सवै गिरीराज कुखुरा गाउँमा नविक्ने र वजार सम्म ल्याउदा पनि पहेलो खुट्टा देख्ने वित्तिकै ग्राहकले खासै लिन मन नगर्ने राईले वताउनुभयो । उहाँले भन्नुभयो “वरु महंगो मूल्य तिरेर पनि स्थानिय जात कै कुखुरा किन्छन् यदी सस्तो मूल्यको किन्न परे उपभोक्ताले व्रोईलर नै किन्न मन पराउछन् ।” दुई वर्ष देखी यो व्यवसाय सञ्चालन गर्दै आउनुभएको हिमाले गिरिराजको चल्ला शूरुमा लगाउदाखेरी नै पनि वढी मर्ने समस्या भोगेको अनुभव सुनाउनुभयो ।

आफ्नो समूहका जम्मा ५ जना साथीले गिरिराज कुखुरा पालेको मध्ये आफ्नो नै वढी वाँचेको र केही हद सम्म राम्रो पनि भएको वताउनुहुदै उहाँले अन्य साथीहरुका त झन चल्ला नै धेरै मरेको जानकारी गराउनुभयो । यसरी आफुहरुले पालेको कुखुरा समैय मै नविक्ने र लगाएका जति चल्ला पनि सजिलै नहुर्किने भएपछि आफु र आफ्नो समूहका अन्य साथीहरु स्थानिय जातकै कुखुरा पाल्ने योजनामा रहेको उहाँले वताउनुभयो ।

त्यस्तैगरी छथरजोरपाटी गाउँपालिका वडा नं १ हातिखर्कका कृषक मोहन लिम्वुले पनि यो जातको कुखुरा विक्न समस्या भएपछि आफुहरुले घाटा वेहोर्नुपरेको वताउनुभयो । स्थानिय र गिरिराज दुई जातको कुखुरा पाल्दै आउनुभएका उहाँले पनि गिरीराज कुखुराको मासुको लागि वजारको समस्या भएको गुनासो गर्नुभयो ।

गाउँपालिका कै अनुदानमा विगत केही समय देखी वर्षा पोल्टी फर्म दर्ता गरी सञ्चालन गर्दै आउनुभएका लिम्वुले गिरिराज कुखुराको चल्लाहरु पनि वढी मर्ने समस्या रहेको वताउनुभयो । शूरुमा ७५ वटा गिरिराज कुखुराको चल्ला लगाएकोमा १० वटा जति मरेको लिम्वुको भनाई छ । उहाँले भन्नुभएको छ “चल्ला पनि मर्छन् पहेलो खुट्टा देखेपछि ग्राहकले पनि किन्न मन पराउदैनन् । तर स्थानिय जातका कुखुरा भने सजिलै विक्छ । त्यसो हुँदा यहाँ धेरै किसानलाई समस्या भएको छ ।”

यता गाउँपालिकाको पशु शाखा प्रमुख राजकुमार राईले भने अलि धेरै संख्यामा गिरिराज कुखुरा पाले वजारको समस्या समाधान हुने वताउनुभएको छ । तेलिया तिरका कुखुरा पालक किसानको पनि यस्तै गुनासो आफुहरु सम्म आएको भन्दै उहाँले थोरै मात्रामा कुखुरा हुँदा ठूला व्यापारीहरु गाउँ सम्म खरिदका लागि नपुग्ने र यदी धेरै भए त्यस्ता व्यापारी कुखुरा खरिदका लागि गाउँमा पुग्ने वताउनुभयो । त्यसपछि वजारको समस्यामा केही सुधारहुने उहाँले वताउनुभयो । प्रमुख राईका अनुसार गाउँपालिकाले त्यहाँ १७ वटा कुखुरा फर्म सञ्चालनका लागि किसानहरुलाई ४ लाख ८० हजार अनुदान दिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।