गरिब किसानका लागि सरकारी अनुदान र सहयोगका कार्यक्रम बालुवामा पानी खन्याए सरह यसकारण हुन्छन (भिडियो सहित)

किसानका घरदैलोमै सेवा : आर्थिक वर्षको ६ महिना बित्न लाग्दा एउटा पनि योजना र कार्यक्रम अघि बढाइएन

धनकुटा खबर । किसानका घरदैलोमै सेवा पुर्याउने भन्दै स्थापना गरिएको केन्द्रबाट आर्थिक वर्षको ६ महिना बित्न लाग्दा एउटा पनि योजना र कार्यक्रम अघि बढाइएको छैन । केन्द्रले कार्यक्रम सन्चालन कार्यविधिनै नपठाएपछि कृषिज्ञान केन्द्र धनकुटाले कृषि सम्बन्धी योजना र कार्यक्रम अघि बढाउँनै सकेको छैन् ।

खेर गएको जमिनमा फलफूल खेती, चैतेधान, अदुवा मिसन, कागती खेती, सुन्तला तथा अलैची बगान ब्यबस्थापन तथा सुदृढीकरण गर्ने कार्यक्रम कृषिज्ञान केन्दसग छन् । तर योजना र कार्यक्रम सन्चालन कार्यविधि प्राप्त नभएकै कारण धनकुटा र तेह्रथुममा पुस महिनाको तेस्रो सातासम्म कृषि सम्बन्धी कुनै योजना र कार्यक्रम सन्चालन हुन सकेको छैन । कृर्षिज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख सुर्यप्रसाद सापकोटा ।

नर्सरी र अलैची प्रसोधन केन्द्र निर्माणसमेतका लागि पाँच करोड ८९ लाख २० हजार रुपैयाँ लागतका २१ वटा योजना र कार्यक्रम मध्ये पुस लागेपछि बल्ल साना सिँचाई र बीजबृद्धि आत्मनिर्भर कार्यक्रमको कार्यबिधि मात्र आएको छ ।

समय छउन्जेल योजना र कार्यक्रम बनाएर तल नपठाउँने अनि आर्थिक वर्षको अन्त्यमा मात्रै कार्यबिधि, अख्तियारी र बजेट पठाएर छिटो काम सक्न दवाव दिने केन्द्रको प्रवृत्तिले अपारदर्शी र गुणस्तरहिनतालाई प्रश्रय मात्रै दिएको छैन, गरिब किसानका लागि कृषिमा सरकारी अनुदान र सहयोगका कार्यक्रम बालुवामा पानी भएका छन ।

पुस महिनाभित्र अरु १९ वटा कार्यबिधि आइहाले पनि सार्वजनिक सूचनाको प्रकृया सकेर एकल, साझेदारी र अनुदानका योजना र कार्यक्रम सन्चालन हुन एक महिना भन्दा बढि समय लाग्छ । माघ १५ बाट कार्यक्रम सन्चालन भए पनि दरबन्दीका आधा पनि कर्मचारी नभएको ज्ञान केन्द्रले फिल्डका योजनामा प्रति महिना एक करोड रुपैयाँ भन्दा बढि रकम खर्चनुपर्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।