बिचौलियाका कारण धनकुटामा सुन्तलाको बजार प्रभावित, उत्पादकको भन्दा दोब्बर फाईदा लिएको आरोप (भिडियो सहित)

धनकुटा खबर । बिचौलियाको सिण्डिकेटले किसानले उत्पादन लागत अनुसारको मूल्य पाएका छैनन् भने उपभोक्ताले महँगोमा किन्नुपरेको छ । उत्पादनको मुख्य सिजनमै बिचौलियाका कारण सुन्तलाको बजार प्रभावित बनेको छ ।

बजारमा प्रति किलो एक सय ५० रुपैया सम्म विक्रि हुने सुन्तला किसानले भने प्रतिकिलो ५० रुपैयाँ पनि नपाएपछि धनकुटा तीन कागतेका रमेश घिमिरेले ६ रोपनीमा फलाएको सुन्तला बिक्री गर्न सकेका छैनन् । बगैँचादेखि बजारसम्म तहतहको जालो बनाएर बसेका बिचौलियाका कारण ठूला ब्यापारी किसानको बगैँचासम्म नपुगेको उनको गुनासो छ धनकुटा ३ कागतेका किसान रमेश घिमिरे ।

किसान आफै ठूला ब्यापारी र बजारसँगको सोझो सम्पर्कमा छैनन् । यसले अन्य कृषि उपजमाझै सुन्तलामा पनि बिचौलियाको ठगी छ । किसानले पाउने दर र बजार मूल्यबीच ठूलो अन्तर रहेको किसानको भनाइ छ ।

औषत हिसाव गर्दा, धनकुटामा उत्पादित ५१ लाख ८४ हजार किलो सुन्तला बिक्रीबाट उत्पादकले सरदर २५ करोड ५० लाख रुपैयाँ मात्रै पाउँछन् । तर, बिचौलियाले बिना जोखिम र मेहनत त्यही सुन्तलाबाट उत्पादकको भन्दा दोब्बर लाभ लिन्छन् । सुन्तला किसान जितेन्द्र राई ।

किसान र ठूला ब्यापारीबीच सीधा बजार सम्पर्क स्थापित गरेर उत्पादक र उपभोक्ता दुबैमाथि भइरहेको ठगी रोक्न सरकारी निकायको ध्यान पटक्कै गएको छैन । एक किलो सुन्तलामा देखादेखि एक सय रुपैयाँसम्म नाफा लिइरहेका बिचौलियाको जालो तोड्न सम्बन्धि निकायको ध्यान जान जरुरी देखिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।