‘टाँकीका फूलहरु’माथि चर्चा

धनकुटा खबर । स्रष्टा दाजु गुरुङको हालै प्रकाशनमा आएको कथा संग्रह टाँकीका फूलहरुमाथि आज धनकुटामा कृति कृतित्व चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली भाषा, साहित्य तथा संस्कृति अनुसन्धान केन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । तीन दर्जनबढी साहित्यकारहरु उपस्थिति रहेको उक्त कार्यक्रममा आधा दर्जन साहित्यकारहरुले कृतिमाथि समालोचना गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्राध्यापक डाक्टर टंक न्यौपाने, यज्ञप्रसाद गुरागाई, जनार्दन घिमिरे गोठाले, नारायण जोशी, घनश्याम बराल र मुकुन्द प्रयास समालोचकको भूमिकामा उपस्थित थिए ।

उनीहरुले वैदेशिक रोजगारीको पीडा, नारीवादी चिन्तन, सामाजिक कुसंस्कारलगायतका विषयमा कथाकृतिले सामाजिक सन्देश उठाएको बताएका थिए ।

कार्यक्रममा पूर्व सांसद अञ्जना ताम्ली, विशेष अतिथिका रुपमा अनिल पौड्याल र कथाकारको प्रतिनिधिको रुपमा हेनसन याक्खा लगायत उपस्थित थिए । दुई दशकदेखि हङकङमा बसोबास गर्दै आएका संखुवासभाका दाजु गुरुङको कथासंग्रह टाँकीका फूलहरु गत पुसमा बजारमा आएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।