नयाँ नेपाल उपभोक्ता सहकारी संस्था पाख्रीबासको अध्यक्षमा श्याम प्रकाश राई !

धनकुटा खबर । नयाँ नेपाल उपभोक्ता सहकारी संस्था पाख्रीबासको नयाँ कार्य समितिकोे अध्यक्षमा श्याम प्रकाश राई चयन हुनु भएको छ ।

संस्थाको आज सम्पन्न १० औ साधारण सभावाट राई पून अध्यक्षमा चयन हुनुभएको हो । नयाँ समितिको उपाध्यक्षमा रुपा राई र व्यवस्थापक विष्णु गुरागाई रहनुभएको छ ।

अन्य सदस्यहरुमा ज्याति गुरुङ,गंगा गुरुङ,चन्द्र साप्कोटा,रमेश वस्नेत, ईन्द्र भण्डारी,उपेन्द्र कट्टेल, धनमायाँ गुरुङ र प्रेम भण्डारी रहेकाछन् ।

जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठको प्रमुख आतिथ्यमा सञ्चालित साधारणसभामा सहकारीका २ सय १२ जना शेयर सदस्यहरुलाई १ लाख ४४ हजार ६ सय ३ रुपयाँ ५० पैसा शेयर लाभांश पनि वितरण गरिएको अध्यक्ष श्याम प्रकाश राईले जानकारी दिनुभयो । उहाँले संस्थाको आगामी वर्षका लागि कृषकको हित कोषलाई निरन्तरता दिने,संस्थाको विनियमको केही वुँदा संसोधन गर्नुपर्ने लगायतमा योजना समेत प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभामा स्वगत मन्तव्य सदस्य गंगा गुरुङले राख्नुभएको थियो भने सञ्चालन विष्णु गुरागाईले गर्नुभएको िथयो । सभामा ४ नं वडाध्यक्ष शोवित निरौला, सयपत्री वोर्डिंङ स्कूलका सञ्चालक ज्ञान वहादुर गुरुङ, नेपाली कांंग्रेस पाख्रीवास नगर सभापति कोपीन्द्र मानन्धर, राप्रापाका श्याम गुरुङ, संघिय समाजवादी फोरमका केवल कुमार देवान लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिको उपस्थिीती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।