धनकुटाको हिलेमा अन्तराष्ट्रिय रामनवमी आमन्त्रणकप भलिवल शूरु
धनकुटा खबर । रामनवमीको अवसरमा आजवाट हिलेमा १३ औ अन्तराष्ट्रिय रामनवमी आमन्त्रणकप खुल्ला भलिवल प्रतियोगिता शूरुभएको छ ।
हिले भलिवल क्लव धनकुटा १ हिलेको आयोजनामा शूरु भएको प्रतियोगिता अन्र्तगत आजको उद्घाटन खेलमा नेपाल आर्मी २ नं वाहीनी हिले र आयोजक टिम भीडेकाछन् ।
यी दुई टिम वीचको खेलमा २ नं वाहीनी हिलेले आयोजक टिमलाई सोझो सेटले हराएको छ । चैत ३० गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल आर्मी २ नं वाहीनी हिले,पूर्वाञ्चल भलिवल क्लव,झापा भलिवल क्लव,वेष्ट ईण्डिया वंगाल,आयोजक धनकुटा र भोजपुर भलिवल क्लव लगायत ६ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजयी प्रथम टिमले नगद १ लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र र दोश्रो हुनेले नगद ५१ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष युवराज शाहीले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले गर्नुभएको थियो । प्रतियोगिता उद्घाटन कार्यक्रममा १ नं प्रदेश साँषदहरु ईन्द्रमणी पराजुली,निरन राई,कुसुम कुमारी श्रेष्ठ,धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ,स्थानिय जनप्रतिनीधि, जिल्ला खेलकुद विकास समिति लगायत विभिन्न संघ संस्थाका प्रतिनीधिहरुको उपस्थिती थियो ।
प्रतियोगितामा भोलि विहान ७ वजे देखी ६ खेल हुनेछन् ।


