साथीमा जयन्द्र !
धनकुटा खबर । साथी बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको १० औं बार्षिक साधारण सभाले जयन्द्र प्रधान लाई अध्यक्षमा चयन गरेको छ ।
उक्त साधारण सभाले उपाध्यक्ष रोशेष श्रेष्ठ, सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ,सहसचिव असिम शाक्यलाई निर्वाचिन गरेको छ । यसैगरी सदस्यहरुमा सावित्री देवी श्रेष्ठ, टेक वहादुर डंगोल,कुमार श्रेष्ठ,कुशुम श्रेष्ठ जोशी र सुजाता श्रेष्ठलाई निर्वाचित गरेको निर्वाचिन समितिका संयोजक राजेश्वर वहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
साथी बचत तथा ऋण सहकारी सस्थाले अहिले ३ करोड ५० लाख भन्दा बढीको आर्थिक कारोवार गरीरहेको छ । भने दैनिक २ लाख भन्दा बढी रकम संकलन गरी बचत गरिरहेको छ ।


