उद्धार तथा राहत वितरणमा सक्रिय हुन नेकपाको आग्रह
धनकुटा खबर, ३० असार । अविरल बर्षाले धनकुटा जिल्लाको सवै स्थानीय तहहरुमा नराम्रोसंग क्षती पुर्याई रहेकाले उद्धार तथा राहत वितरणमा सक्रिय हुन नेकपाले सवै नेता तथा कार्यकर्ताहरुलाई आग्रह गदै पीडितलाई तत्काल राहत प्रदान सरकार संग माग गरेको छ ।

अविरल बर्षाका कारण धनकुटा जिल्लाका विभिन्न तहका वडाहरुमा बाढी तथा पहिरोले घरहरु क्षती पुर्याएको बसोबासको व्यावस्था मिलाउन समेत आग्रह गरिएको नेपाल कम्यूनिष्ट पाटी नेकपाका धनकुटाका सचिब ऋषिराम ढुँगानाले विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।


