धनकुटामा खाद्यय स्वच्छता रिपोर्टिङ विषयमा अन्तरक्रिया

धनकुटा खबर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर मोरङले आज धनकुटाका पत्रकारहरुसँग खाद्यय स्वच्छता रिपोर्टिङको विषयमा अन्तरक्रिया गरेको छ ।

नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको प्रमुख आतिथ्य तथा कार्यलयका नियन्त्रक प्रमोद कोईरालाको अध्यक्षतामा भएको अन्तरक्रियामा खाद्य वस्तुको रिपोर्टिङ गर्दा ध्यान पुर्याउनुपर्ने कुराहरुको वारेमा छलफल गरिएको छ ।

खाद्यन्नले मानव स्वास्थ्य सँग प्रत्यक्ष सरोकार राख्ने भएकोले यस विषयमा रिपोटिङ गर्न सजिलो होस् भन्ने लक्षका साथ सञ्चालित कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कार्यलयका प्रमुख कोईरालाले प्रदुषीत खाने कुराको माध्यमवाट २ सय भन्दा धेरै प्रकारका रोगहरु सर्न सक्ने जानकारी गराउनुभयो ।

खानेकुराको माद्यमवाट सर्ने जुन रोगहरुवाट वढी मात्रामा वच्चा, वृद्ध, गर्भवती महिला, खाद्य व्यापार आयात निर्यात,पर्यटन लगायतको क्षेत्रमा असर वढी असर पुग्ने कार्यक्रममा जानकारी दिईएको छ ।

साथै स्वास्थ्य सम्वन्धि खर्च वढाउने, खाद्य श्रृङखलाले सिमा पार गर्ने सहितका असर पुग्ने जनाईएको छ । कार्यलयले गत आर्थिक वर्षमा वजार निरिक्षण अनुगमनवाट ३ सय ८४ वटा नमूना संकलन,७ सय ३४ खाद्यदाना अनुगमन पत्र नविकरण,६५ वटा होटल स्तरिकरण लोगो वितरण, गरेको कार्यक्रममा जानकारी दिईएको छ ।

कार्यलयले अहिले दूधको गुणस्तरमा देखिएको समस्या समाधानका लागि र नास्पातिको वाईन वनाउने विषयमा अध्ययन गरिरहेको प्रमुख कोईरालाले वताउनुभयो । त्यस्तै खाद्य अनुसन्धान अधिकृत काशिनाथ घिमिरेले खाद्य पदार्थमा जोखिम,खाद्यय स्वच्छता र खाद्य सूरक्षा लगायतको वारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले खाद्य अनुगमनका लागि स्थानिय तह सहित अन्य सरोकार राख्ने संघ संस्थाहरुसँग कार्यलयले समन्वय गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रमका सहभागी सञ्चारकर्मीहरुले खाद्य वस्तुको म्याद सकिने समय उपभोक्ताले सजिलै देख्नेगरी उल्लेख गर्नुपर्ने, अनुगमन प्रभावकारी गर्नुपर्ने लगायतको सुझाव दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖