धनकुटाको हिलेमा अन्तर विद्यालय स्तरिय वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न
शर्मिला राई, धनकुटा खबर । प्याव्सन धनकुटाको आयोजनामा आज हिलेमा अन्तर विद्यालय स्तरिय वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
हिलेको मनकामना वोर्डिङ स्मूकलमा भएको प्रतियोगितामा माद्यमिक तह तर्फको वक्तृत्वकला प्रतियोगितामा दीप सेकेण्डरी वोर्डिङ स्कूल धनकुटाका कक्षा १० का सम्राट मानन्धर प्रथम, मोदरल्याण्ड सेकेण्डरी वोर्डिङ स्कूल हिले कक्षा १० की ईमाञ्जली घिमिरे द्धितीय र तमोरभ्याली सेकेण्डरी वोर्डिङ स्कूल धनकुटा कक्षा १० का विज्ञान लुँईटेल तृतीय भएकाछन् ।
उनिहरुलाई क्रमश २ हजार १५ सय र १ हजार नगद सहित प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । त्यस्तैगरी कक्षा १ देखी ५ सम्मको चित्रकला प्रतियोगितामा अंकित लिङखा तुलसीमेहर वोर्डिङ स्कूल,विनिता मगर मनकामना वोर्डिङ स्कूल, आरोग्य श्रेष्ठ तुलसी मेहर वोर्डिङ स्कूल, अनमोल थापा सगरमाथा अंग्रजी वोर्डिङ स्कूल र सुमन पौडेलले वनाएको चित्र छनोटमा परेकाछन् ।
त्यस्तैगरी कक्षा ६ देखी १० सम्मका विद्यार्थीहरुको चित्रकला प्रतियोगिता मार्फत अर्पणा लिङखा र तीया श्रेष्ठ तुलसी मेहर वोर्डिङ स्कूल,अमृत तामाङ नीलगिरीडन वक्स, रिजन तामाङ र तृषना पाठक मनकामना वोर्डिङ स्कूलका विद्यार्थीले वनाएको चित्र छनौटमा परेको प्याव्सन धनकुटाका कोषध्यक्ष ताथा मनकामना वोर्डिङ स्कूलका प्रिन्सिपल ईन्द्र बहादुर राईले जानकारी दिनुभयो ।
चित्र छनौटमा परेका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । आजको प्रतियोगितावाट छनौट भएका चित्र र विद्यार्थीले यही भाद्र २४ गते हुने प्रदेश स्तरिय प्रतियोतिामा प्रतिष्पर्धाका लागि सहभागीता जनाउने उहाँले वताउनुभयो ।
आजको कार्यक्रम प्याव्सन धनकुटाका वरिष्ठ उपाध्यक्ष दूर्गा प्रसाद लुईटेलको अध्यक्षता तथा प्याव्सनका प्रमुख सल्लाहकार एवम् शितलादेवी वोर्डिङ स्कूल पाख्रीवासका फाउण्डर ज्ञान वहादुर गुरुङको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो ।


