‘राजनीतिक परिवर्तनको हिसावले यो भन्दा ठूलो उपलव्धि हाँसिल गर्नुछैन’

शर्मिला राई, धनकुटा खबर । १ नं प्रदेश सभा सांसद निरन राईले मुलुकलाई नयाँ ढंगले समृद्धीको वाटोमा अघि वढाउन र परिर्वतनको अनुभूति गराउन व्रम्हा कुमारी राजयोग सेवा केन्द्रले महत्वपूर्ण कदम अघि वढाएको वताउनुभएको छ ।

व्रम्हा कुरारी राजयोग सेवा केन्द्र धनकुटाको आयोजनामा आजवाट धनकुटा नगरपालिका १ हिलेमा शूरुभएको राजयोग मेडिटेशन शिविरको उद्घाटन गर्दै उहाँले त्यस्तो वताउनुभएको हो ।

उहाँले भन्नुभयो “राणा शासन कालमा जनताले पढ्न लेख्न पाउने परिस्थिती थिएन त्यसको विरुद्धमा आन्दोल भयो र क्रमश देशमा पञ्चायती शासन शूरु भयो र फेरी पञ्चायती शासन शूरु हुने वित्तिकै राजा महाराजा हुने खालको परिपाटीको विकास भयो फेरी त्यसको विरुद्धमा पनि जनताका छोराछोरी मुलुक सञ्चालन गर्ने ठाउँमा पुग्नुपर्छ भन्ने आम जनताको आन्दोलनवाट नयाँ खालको परिस्थिती र्सिजना भयो अव हामीले साँच्चै यो मुलुकमा राजनीतिक परिवर्तनको हिसावले यो भन्दा ठूलो उपलव्धि हाँसिल गर्नुछैन”

उहाँले यही उपलव्धिभित्र रहेर व्यक्तिगत र पारिवारिक रुपमा रहेका असहजता तथा दुखसुखलाई व्यवस्थापन गर्दै समृद्धीको वाटोमा अगाडी वढ्दै मुलुकलाई समृद्ध वनाउनु र परिवर्तनको अनुभूति दिलाउनुपर्ने भएकोले यस हिसावले साच्चै व्रम्हा कुमारी राजयोग सेवा केन्द्रले महत्वपूर्ण कदम अघि वढाएको वताउनुभयो ।

साथै उहाँले मुलुकमा शान्ति स्थापनाका लागि राज्यवाट धेरै शूरक्षाकर्मी स्थपना गरेको स्मरण गराउदै व्रम्हा कुमारी राजयोग सेवा केन्द्रले भने राज्यवाट कुनै पनि सेवा सुविधा नलिई अन्तरवाटै शान्ति र सेवाको भावले ओतप्रोत भई शिविरको आयोजना गरेको धारणा राख्दै यसमा सभागीहुन सम्पूर्णलाई सुझाव पनि दिनुभयो ।

शिविर उद्घाटन कार्यक्रममा धनकुटा नगरपालिका वडा नं १ का कार्यवाहक अध्यक्ष लालचन गोङवा,नेपालीसेना २ नं वाहिनी हिलेका सेनानी सूरेश कुमार पौडेल विद्यालयका शिक्षक विद्यार्थी तथा हिलेका स्थानियको लगायतको उपस्थिती थियो । शिविरमा वरिष्ठ राजयोग प्रशिक्षक राजु घलेले प्रशिक्षण दिईरहनुभएको छ ।

शिविरवाट स्व-अनुभूति तथा सकरात्मक सोच्ने शक्तिको विकास हुने, कर्मको वास्तविक रहस्यको ज्ञान हाँसिल हुने, शान्ति एवम् खुशीको अनुभूति हुने जनाईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।