आफ्नी छोरीको १३ औ पूण्य तीथिमा पाख्रीबासका वडाध्यक्ष निरौला परिवारद्वारा वृद्धाश्रममा फलफुल बितरण
भाद्र २२, धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका ४ का वडाध्यक्ष शोवित निरौलाको परिवारद्धारा विश्रान्ति वृद्धाश्रम मुलघाटका वृद्धवृद्धाहरुलाई आज फलफुल वितरण तथा विहाको भोजन गराईएको छ ।
आफ्नो १६ वर्षकी छोरी स्व.अनु निरौलाको १३ औ दिनको पूण्य तीथिको अवसरमा वडाध्यक्ष निरौलाको परिवारले वृद्धाश्रमका ४१ जना वृद्धवृद्धालाई फलफुल वितरण एवम् विहानको भोजन गराएको हो ।
स्व अनुको वैकुण्ठ वास होस् भन्ने कामना गर्दै निरौला परिवारले वृद्धाश्रामलाई नगद २० हजार सहयोग समेत गरेको अनुका वावा तथा ४ नं वडाध्यक्ष शोवित निरौलाले वताउनुभएको छ ।
फलफूल वितरण कार्यक्रममा वडाध्यक्ष निरौला सहित अनुकी आमा धनमाया निरौला,गोपाल वहादुर सुनीता निरौला,अनुष निरौला,सुदर्शन निरौला, राधिका निरौला, तुलवहादुर निरौला झमक माया वस्नेत, रीता वस्नेत, रमेश निरौला र दिल कुमारी घिमिरे लगायतको उपस्थिती थियो । अनुको भाद्र १० गते निधन भएको थियो ।


