आफै सांसद आफै ठेकदार , खोला एकातिर-पुल अर्कैतिर !

नुवाकोट । नुवाकोटको विदुरु नगरपालिका स्थित गेर्खु खोला किनारमा गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुवेंशी, रसुवागढी सडक आयोजनाले पुल निर्माण गरेको छ । भारत–नेपाल हुँदै चिनको केरुङ जोड्ने राष्ट्रिय गौरवको आयोजना मानिएको सडक आयोजनामा खोला बग्ने बहाव र धारभन्दा विपरित दिशामा पक्की पुल निर्माण गरिएको छ । गेर्खु खोला पूर्वबाट पश्चिम बगिरहेको छ, भने पुल उत्तरसीधा दक्षिणतिर फर्काइएको छ । पुल खाली ठाँउमा छ, भने खोलामा कल्र्भट हालेर वारपार गर्नुपर्ने बाध्यता छ ।

तातोपानी नाकाको विकल्पमा चिन जोड्न नेपाल सरकारले त्रिदेशिय सडक आयोजना अघि सारेको थियो । दुईवर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्यका साथ अर्बौंको लगानीमा निर्माण थालिएको आयोजनाले ४ वर्ष नाघिसक्यो तर, सडक र पूर्वाधारको अवस्था यस्तो छ ।आयोजनाको लागि मात्रै होइन स्थानीयका लागि समेत करोडौं लागतमा बनेका यस्ता पुल निल्नु न ओकेल्नु भएको छ । अझ अचम्मको कुरा त के छ भने यो पुल निर्माण गर्ने जिम्मा पाएको निमार्ण कम्पनी कालिका रसुवा हिमदुङ एण्ड थोकर जेभि सांसद समेत रहेका निर्माण व्यवसायी बहादुरसिंह लामाको हो ।

दुई बर्षअघि नै निर्माण सम्पन्न गर्ने गरी सडक विभागसँग कम्पनीले पुलको डिजाइन र निर्माण दुवै गर्ने गरी सम्झौता गरेको छ । खोला एकतिर पुल अर्कोतिर भएपछि अहिले विदुर नगरपालिकाले समेत निर्माण कम्पनीलाई कारवाही गर्न माग गरेको छ । तर सडक आयोजनाका प्रमुख नारायाणदत्त भण्डारीले भने खोलाले सम्झौताको अवधिमा भन्दा अहिले धार परिवर्तन गरेका कारण यस्तो भएको हुन सक्ने दाबी गर्छन् । तर दृश्यमा खोला बगिरको दिशा र पुल बनिरहको ठाँउ फरक–फरक देखिन्छ ।साथै जम्मा १० मिटर लामो पुलले यो खोला पार नुहने स्वयम भण्डारीनै बताउँछन् । यो पुलले विकास निर्माणमा हुने चरम लापरवाहीलाई उदाङ्गो पारेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।