हिलेमा वाल सञ्जालको सचेतना मूलक प्रतियोगितात्मक र्याली
धनकुटा खबर, भाद्र २९ । ४० औ राष्ट्रिय वाल दिवसको अवसरमा धनकुटा १ हिलेको वडा स्तरिय वाल सञ्जालले हिलेमा अन्तर विद्यालय स्तरिय सचेतना मूलक प्रतियोगितात्मक र्याली प्रदर्शन गरेको छ ।
हिले खेल मैदानवाट शूरु गरिएको सचेतना मूलक प्रतियोगितात्मक र्यालीले वजारको विभिन्न भागको परिक्रमा गर्दै हिले माद्यमिक विद्यालयको प्राङगणमा पुगेर सभामा परिणत भएको थियो ।
र्यालीमा सहभागी विद्यालयहरु मध्ये उत्कृठ र्याली प्रदर्शन गर्ने विद्यालयलाई पुरस्कृत गरिएको छ । जसअनुसार हिले मावि प्रथम, नीलगीरी (डनवस्को) वोडिङ स्कूल द्धितीय र चञ्चलादेवी आधारभूत विद्यालय धनकुटा १ हिले तृतीय भएकाछन् ।

उनीहरुलाई क्रमश शिल्ड, प्रमाणपत्र र मायाको चिनो पुरस्कार प्रदान गरिएको छ । र्यालीमा सहभागी अन्य विद्यालयहरुलाई पनि मायाको चिनो प्रदान गरिएको वडा स्तरिय वाल सञ्जालले जनाएको छ । र्यालीमा ६ वटा विद्यालयले सहभागीता जनाएको हिले माविका शिक्षक दिपक घिमिरेले वताउनुभयो ।


