धनकुटामा सञ्चालित सहकारी व्यवस्थापन सम्वन्धि तालिम समापन

धनकुटा खबर । धनकुटा जिल्ला सहकारी संघको समन्वय तथा सहकारी प्रशिक्षालय १ नम्वर प्रदेश इनरुवाको आयोजनामा धनकुटामा सञ्चालित सहकारी व्यवस्थापन सम्वन्धि ६ दिने तालिम आज समापन भएको छ ।

तालिम समापन कार्यक्रममा समाजमा आर्थिक समृद्धकिो मुख्य आधार सहकारी भएको सहभागीहरुले वताएका छन । कार्यक्रममा तालिमका सहभागी २५ जना लाई प्रमाण पत्र वितरण गर्दै १ नम्वर प्रदेश सभाका सदस्य निरन राई,जिल्ला सहकारी संघ धनकुटका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ,नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,रेडियो भेडेटारका स्टेशन म्यानेजर पूण कुमार चौधरी लगायतले समाजमा आर्थिक समृद्धीको मुख्य आधार सहकारी भएको वताएकाछन् ।

उनिहरुले सहकारी अभियान मार्फत गरिवि निवारण गरी रोजगार तथा स्वरोजगार स्थापना गर्नु सकिने समेत वताएका थिए । सहकारी प्र्रशिक्षालय १ नम्वर प्रदेशका प्रार्चाय लिलाबल्भ चापागाईको अध्यक्षतमा सम्पन्न तालिम समापन कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सहकारी संघ धनकुटका सदस्य रेणु श्रेष्ठले राख्नुभएको थियो भने सहभागीहरुको तर्फबाट जिल्ला सहकारी संघ धनकुटाका सदस्य मान वहादुर मिश्र र कल्पना राईले आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रमको सञ्चालन सहकारी प्रशिक्षालय १ नम्वर प्रदेशका प्रशिक्षक ढुण्डीराज दुलालले गर्नु भएको थियो । अतिथीहरुलाई जिल्ला सहकारी संघ धनकुटाको तर्फबाट अध्यक्ष सुन्दरबाबु श्रेष्ठ र सदस्यहरु रेणु श्रेष्ठ ,मान वहादुर मिश्रले उपहार तथा मायाको चिनो प्रदान गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖