‘धनकुटाको स’मृद्धीका लागि पर्यटन’
धनकुटा खबर । धनकुटाको समृद्धीका लागि पर्यटन मुख्य आधार भएको एक कार्यक्रमका वक्ताहरुले वताएकाछन् । मिसन मुस्कान पर्यटन प्रवद्धन केन्द्र धनकुटा र उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था धनकुटाको संयूक्त आयोजनामा आज धनकुटामा सञ्चालित कार्यक्रमका सहभागीहरुले त्यस्तो वताएका हुन् ।
कार्यक्रममा १ नम्वर प्रदेश सभाका सदस्य कुसुम कुमारी श्रेष्ठले आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण भएको वताउदै दशै तिहार लगायत चाड पर्वको शुभकामन व्यक्त गर्नु भयो ।
त्यस्तै धनकुटाका प्रमुख जिल्ला अधिकारी डा कृष्ण वहादुर घिमिरेले पनि शूभकामना मन्तव्य राख्दै सामाजिक संघ संस्थाहरुले समेत मुलुकको समृद्धीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो । मिसन मुस्कान पर्यटन प्रवद्धन केन्द्र धनकुटा र उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था धनकुटाका कार्यवहाक अध्यक्ष रेणु श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा धनकुटा पर्यटन विकास समितिका अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम वहादुर थापा,धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष तारा तितुङ्ग,अन्र्तर पार्टी महिला सञ्जाल धनकुटका सस्थापक अध्यक्ष टिका भण्डारी लगायतले समृद्धीका लागी पर्यटन धनकुटाको लागि उपयूक्त भएको वताएका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सचिव रिता राईले राख्नु भएको थियो भने सञ्चालन सस्थाकी सहसचिव सावित्रा श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा धनकुटा लेडि जेसिजका अध्यक्ष प्रमिसा श्रेष्ठ, आदिवासी जनजाती महासंघ धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राई, जिल्ला प्रहरी कार्यालय धनकुटाका डि एस पी विजय राज पण्डित, सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्ग देवी धनकुटाका गुल्मपती डि एस पी सचिन कर्माचार्य, सामुदायिक बन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष नील वहादुर थापा,राष्टिय सहकारी बैक धनकुटाका प्रवन्धक सिद्धी कुमार श्रेष्ठ,नेकपा धनकुटा नगर कमिटीका प्रतिनिधि लक्ष्मण घिमिरे,बहुमुखी पाठशाला धनकुटाका सचिव सोभित श्रेष्ठ,महिला पुर्नस्थापना केन्द्र धनकुटाका उपाध्यक्ष शुक्रि राई,संस्थाका सहसचिव सावित्रा वान्तवा,सदस्यहरु तारा वस्नेत,विपना श्रेष्ठ,लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले समेत शुभ कामना आदानप्रदान गरेका थिए ।
सोही समारोहमा दुवै संस्थाको तर्फबाट गायीका जुनु राई, गीतका रचनाकार जिवन कुमारी राई र उत्कृष्ट नृत्यकार रेजिना राईलाई १ नम्वर प्रदेश सभाका सदस्य श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी डा घिमिरे,दुवै संस्थाका कार्यवहाक अध्यक्ष रेणु श्रेष्ठले सम्मान गरेका थिए ।


