हिले-पाख्रीवास सडक खण्ड भाई टिकाको भोलि पल्टदेखी ग्राभेल गरिने

धनकुटा खबर । जिल्ला प्रशासन कार्यलय धनकुटामा आज वसेको सरोकारवाला व्यक्ति तथा संस्थाको एक भेलाले हिले-पाख्रीवास १३ किलो मिटर सडक खण्ड भाई टिकाको भोलि पल्टदेखी ग्राभेल गर्ने सहतिका विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।

प्रतिनीधिसभा सदस्य राजेन्द्र कुमार राई,प्रदेश सभा सदस्य निरन राई लगायत स्थानिय सरोकारवाला संस्थाका पदाधिकारीको उपस्थितीमा वसेको भेलाले अविरल वर्षाको कारण हिले-लेगुवा सडक खण्ड पूर्ण रुपमा क्षती भई नेपालीहरुको विषेश चाडपर्वको वेला दैनिक उपभोग्य सामाग्री दुवानी गर्न र मानिसहरु आवतजावत गर्न समेत कठिनाई भइरहेकोमा दशै तिहारको अवधिभर निर्वाध रुपमा यो सडक सञ्चालन गर्ने व्यवस्था कञ्चन जंघा कन्स्ट्रक्सनले लिने र भाई टिकाको भोलिपल्टै देखी सोही कन्ट्रक्सनले ग्राभेल गर्ने कामको जिम्मा लिएको छ ।

प्रमुख जिल्ला अधिकारी डा.कृष्ण वहादुर घिमिरेको अध्यक्षतामा वसेको भेलाले पञ्चे -लेगुवा १३ किलो मिटर सडक खण्ड पनि यो अवधिभर निर्वाध रुपमा सञ्चालन गराउन र तिहारपछि निर्माणको काम शुरु गरी आउदो चैत मसान्त सम्म काम सक्ने जिम्मा विरुवा कन्ट्रक्सनले लिएको छ । यी काम गर्नका लागि क्रमश कञ्चन जंघा कन्स्ट्रक्सनको तर्फवाट कन्स्ट्रकसनका प्रतिनीधि तिम्वा शेर्पा र विरुवा कन्स्ट्रकसनको तर्फवाट कन्स्ट्रकसनका प्रतिनीधि भेषराज वरालले प्रतिवद्धता जनाएकाछन् ।

त्यस्तैगरी धनकुटा नगरपालिकाको सडक आसपासमा रहेका रुखहरु ढलेर मानवीय क्षती हुने सम्भावना देखीएकोले त्यस्ता रुखहरु हटाई क्षती न्यूनिकरण र जिल्ला भित्र सडक छेउछाउ रहेका लकडीहरुको व्यवस्थापन डिभिजन वन कार्यलय धनकुटाले गर्ने, जिल्लामा विद्युत आपूर्तिलाई नियमितता दिन लोडसेडिङ्ग हुन नदिन विद्युत प्राधिकरण धनकुटा शाखामा र त्यहाँ समाधान गर्न नसकिने समस्या भए प्रतिनीधि सभा सदस्य राई मार्फत उर्जा,जलश्रोत तथा सिंचाई मन्त्रालयमा पेश गर्ने र धनकुटा हिले स्थितको सव स्टेशनमा तत्काल क्षमता वृद्धी गर्न धनकुटा वितरण केन्द्रलाई निर्देशन दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी गराउनुभएको छ ।

त्यस्तैगरी नेपाल टेलिकमका फोनहरु समयमा नउठाउने,ग्राहकको समस्या समाधान गर्न ढिला सुस्ति गर्ने कार्यलाई तत्काल निरुत्साहित गर्न टेलिकमलाई निर्देशन दिने,सडक आसपासमा घडेरी खार्दा वाटोमा माटो थोपर्ने,निर्माण सामाग्री राखी सडक अवरुद्ध गर्ने र मूल सडकबाट शाखा सडक खोली सडकमा माटो ढुङ्गा थुपारी बाटो अवरुद्ध गर्ने कार्यलाई निरुत्साहित गर्न स्थानिय तह सँग समन्वय गरी सडक व्यवस्थित गर्न सडक डिभिजनलाई निर्देशन दिने निर्णय गरिएको छ ।

भेलामा धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ्गले नगरमा स्वच्छ खानेपानी उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । भेलामा जिल्ला समन्वय समितिका संयोजक टंक चौहान,धनकुटा नगरपालिका प्रमुख तामाङ, उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे,सडक डिभिजन प्रमुख दान कुमार शाक्य,विद्युत प्राधिकरणका प्रमुख दिपक साप्कोटा जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी नायव उपरिक्षक विजयराज पण्डीत लगायत अन्य सरोकारवाला संस्थाका पदाधिकारीहरुको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।